शनिबार, असार २७, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • दुर्गा प्रसाईंले भने- भोलि अगाडि लागेर तीनकुने जान्छु, बालेन र रवि पनि आउनुस्

दुर्गा प्रसाईंले भने- भोलि अगाडि लागेर तीनकुने जान्छु, बालेन र रवि पनि आउनुस्

 |  शुक्रबार, मंसिर ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ८, २०८०

'राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाऊ' अभियानका नाममा विरोध प्रदर्शन थालेका दुर्गा प्रसाईंले शनिबार पनि आन्दोलन जारी रहने बताएका छन्।

शनिबार आफू जसरी पनि तीनकुने जाने उनले बताए। शुक्रबार अपराह्न घरमै पत्रकार सम्मेलन गरेर प्रसाईंले आफू अगाडि लागेर भोलि प्रदर्शनका लागि तीनकुने जाने बताएका हुन्। 'भोलि ११ बजे यहीँ आउनुस् मेरो घरमा। म तपाईंहरूको अगाडि लागेर तीनकुने जान्छु,' प्रसाईंले भने।

प्रसाईंले रवि लामिछाने र बालेन शाहलाई पनि सडकमा आउन आह्वान गरे। उनले कांग्रेस महामन्त्रीद्वय गगन थापा र  विश्वप्रकाश शर्मा पनि आफ्नो पाप पखाल्न आफ्नो अभियानमा आए हुने  टिप्पणी गरे। 'रवि लामिछानेजी, मिसन ८४ होइन मिसन टुडे।'

उनले सरकारले आफ्नो सुरक्षाका नाममा आफूलाई घरभित्र थुनेर बेवकुफ बनाउन खोजेको आरोप लगाए। उनले आफू गोली खान वा जेल जान तयार रहेको बताउँदै आफू आन्दोलन छोडेर नभाग्ने उल्लेख गरे।

उनले आफूलाई नजरबन्दमा राखिएको बताउँदै राजनीतिक दलहरू एकातिर आफू र आफ्नो पक्षमा रहेका जनताहरू प्रतिपक्ष रहेको दाबी गरे।

 

बिहीबार बल्खुमा प्रदर्शन गरेका प्रसाईंले शुक्रबार तीनकुनेमा प्रदर्शन गर्ने तयारी गरेका थिए। तर, उनलाई प्रहरीले घरमै घेरा हालेर बाहिर निस्किन दिएन। साथै तीनकुनेमा देखा परेका प्रदर्शनकारीहरुलाई प्रहरीले धरपकड गरेको थियो।

 

प्रकाशित: Nov 24, 2023| 16:57 शुक्रबार, मंसिर ८, २०८०
प्रतिक्रिया दिनुहोस्