बिहीबार, पुस ३, २०८२

विमानस्थलको दृश्यले बदलियो विदेशिने सपना

लामो प्रक्रियापछि भाइको क्यानडा जाने निधो भयो। जब भाइको बिदाइका लागि रोहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगे, त्यहाँको दृश्यले उनको मन चुँडियो।
 |  शुक्रबार, मंसिर ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ८, २०८०

दोधारा चाँदनी- कञ्चनपुरको भीमदत्त नगरपालिका-१५ निम्बुखेडाका रोहित चन्द विदेश जाने तयारीमा थिए। उनका भाइ शाहिल चन्द पनि कक्षा १२ उतीर्ण गरेपछि क्यानडा जाँदै थिए। 

National life

लामो प्रक्रियापछि भाइको क्यानडा जाने निधो भयो। जब भाइको बिदाइका लागि रोहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगे, त्यहाँको दृश्यले उनको मन चुँडियो। 

‘विदेश जानेहरूको ठूलो जमात थियो, रुँदै आफ्ना आफन्तलाई बिदाइ गरेको देख्दा मन चुँडियो,’ चन्दले भने, ‘त्यो दृश्य देखेपछि विदेश जाने मनै लागेन। आखिर पैसाकै लागि जाने त हो नि विदेश!’

त्यतिबेला रोहित पोखरा विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर अध्ययन गरिरहेका थिए। ‘त्यो एयरपोर्टको दृश्य देखेपछि आफ्नै देशमा केही गरौं भन्ने लाग्यो।’ उनी भन्छन्, ‘त्यसपछि महेन्द्रनगर आएर होटल व्यवसायमा लाग्ने निधो गरेँ।’ अहिले उनले करिब ८० लाख लगानीमा महेन्द्रनगरस्थित निम्बुखेडामा एमएनआर २.० नामक रिसोर्ट सञ्चालनमा ल्याएका छन्। 

महेन्द्रनगरस्थित अमिटी कलेजबाट बिबिए अध्ययन गरेका रोहितले गाउँमै वार्षिक ५५ हजार भाडामा पाँच कट्ठा जग्गा भाडामा लिएर रिसोर्ट सञ्चालनमा ल्याएका हुन्। उनले होटल व्यवसायमा परम्परागत तरिकाभन्दा भिन्न तरिकाले आफूले रिसोर्ट सञ्चालन गर्ने बताए। 

Laxmi sunrise bank
kumari

‘यो व्यवसाय मैले पर्यटनसँग पनि जोडेको छु,’ उनले भने, ‘महेन्द्रनगरमा थुप्रै पर्यटकीय गन्तव्यहरू छन्, त्यहाँ पर्यटक भित्र्याउने लक्ष्य राखेको छु।’ उनले पछिल्लो समय मानिसहरू बढी रमाउन खोज्ने भएकाले रिसोर्टमा पनि मनोरञ्जनका लागि थुप्रै पूर्वाधार निर्माण गरेको बताए।

‘रिसोर्टमा पनि पर्यटकलाई आकर्षित गर्ने गरी निर्माण गरेको छु,’ रोहितले भने, ‘आफ्नै देशमा पनि केही गरेर पैसा कमाउन सकिन्छ भनेर व्यवसाय सुरु गरेको हुँ।’ उनले पछिल्लो समय पैसाकै लागि युवा विदेश पलायन भइरहेको बताउँदै स्वदेशमै केही उदाहरणीय कार्य गरेर पनि पैसा कमाउन सकिने बताए।

‘पैसाकै लागि आमाबुवा छोडेर घरबाट टाढा जान्छौं,’ उनले भने, ‘अब युवाहरुले विदेश जानुभन्दा आफ्नै देशमा केही गर्नुपर्छ।’ अहिले उनको रिसोर्टमा सात जनाले रोजगारी पाएका छन्। ‘अहिले ग्राहकको रोजाइ अनुसारको गुणस्तरीय सेवा प्रदान गरिरहेको छु,’ उनले भने, ‘भविष्यमा थप व्यवस्थित गरेर ग्राहकको रोजाइ अनुसारको सेवा दिने लक्ष्य छ।’

रोहितले पैसा कमाउनै घरपरिवार छोडेर विदेशिनुभन्दा स्वदेशमै लगानी गर्न आग्रह गरे। पछिल्लो समय त विदेश जानु फेसन जस्तै भइसकेको छ। पढ्न र काम गर्नका लागि देश छाड्ने बर्सेनि लाखौं युवा छन्। त्यतिमात्रै होइन, देशमा राम्रो कमाउने स्थापित पारिवारका, रोजगारी पाइरहेका र राम्रोसँग आफ्नो जीवनस्तर चलाइरहेका मानिसहरू पनि नेपालबाट पलायन भइरहेका छन्।   -रासस

प्रकाशित: Nov 24, 2023| 20:41 शुक्रबार, मंसिर ८, २०८०
प्रतिक्रिया दिनुहोस्