आइतबार, वैशाख १३, २०८३

झापामा छरुवा धानखेतीको परीक्षण सफल

 |  शुक्रबार, मंसिर ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ८, २०८०

बनियानी- झापामा छरुवा धान खेतीको परीक्षण सफल भएको छ। कनकाइमा साढे तीन बिघा जमिनमा गरिएको उक्त परीक्षण सफल भएको कृषि ज्ञानकेन्द्रका निमित्त प्रमुख सागर विष्टले जानकारी दिए। 

National life

उत्पादन लागत घटाउने उद्देश्यले कृषि ज्ञानकेन्द्रले प्रदर्शनीका रुपमा छरुवा प्रविधिबाट धानखेती गरेको थियो। प्रतिबिघा ८० मनको हाराहारीमा धान उत्पादन भएको उनको भनाइ थियो। ‘यो प्रविधिबाट धानखेती गर्दा किसानको लागत ३० प्रतिशत घट्छ’, निमित्त प्रमुख विष्टले भने, ‘यो प्रविधिमा किसानले जति मेहनत र हेरचाह गर्न सक्यो त्यति फाइदा हुन्छ।’

छरुवा धानखेतीका लागि  मुख्य समस्या झार रहेको छ। कृषकले झार व्यवस्थापन गर्नसके कम लागतमा राम्रो उत्पादन लिनसक्ने उनले उल्लेख गरे। धान रोप्न आधुनिक उपकरणबाट गरिएको खेतीसमेत राम्रो भएको छ। किसानलाई यान्त्रिकीकरणमा अभ्यस्त बनाउन परीक्षण र प्रदर्शनीका रुपमा कृषि ज्ञानकेन्द्रले कमल गाउँपालिका, बिर्तामोड नगरपालिका र गौरादह नगरपालिकामा प्रदर्शनीका रुपमा ८० बिघामा आधुनिक उपकरणमार्फत धान रोप्न किसानलाई सहयोग–सहजीकरण गरेको थियो। उक्त धान खेतीमासमेत प्रतिबिघा ८० मनकै हाराहारीमा धान उत्पादन भएको निमित्त प्रमुख विष्टले बताए।

उपकरणका माध्यमबाट धान रोप्दा करिब २० प्रतिशतसम्म लागत खर्च घट्ने कार्यालयले जनाएको छ। यसरी धान रोप्नका लागि प्रोत्साहित गराउन कार्यालयले चालू आर्थिक वषमा १० लाख अनुदानसमेत उपलब्ध गराउने भएको छ।

चैते धान रोप्ने कृषकलाई उपकरण प्रयोग गर्दा लागेको खर्चको ७५ प्रतिशत अनुदान दिने योजना रहेको उनले जानकारी दिए। 

kumari

प्रकाशित: Nov 24, 2023| 22:22 शुक्रबार, मंसिर ८, २०८०
प्रतिक्रिया दिनुहोस्