शनिबार, असार २७, २०८३

नदीमा माछा मार्न गएका एक युवक मृत भेटिए

 |  शुक्रबार, मंसिर ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ८, २०८०

नारायणी नदीमा माछा मार्न गएका एक व्यक्ति मृत फेला परेका छन्। भरतपुर महानगरपालिका वडा नं १६ निवासी १८ वर्षीय समीर परियार मृत फेला परेका हुन्। 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार बिहीबार साँझ घर नजिकै नारायणी नदीमा माछा मार्न गएका परियार शुक्रबार मृत अवस्थामा फेला परेका हुन्।
     
बिहीबार साँझ परिवारको सम्पर्कमा नआएका उनलाई आज बिहान खोजतलास गर्दा फेला परेको प्रहरीले जनाएको छ।

प्रकाशित: Nov 24, 2023| 18:41 शुक्रबार, मंसिर ८, २०८०
प्रतिक्रिया दिनुहोस्