आइतबार, मंसिर २८, २०८२

दुर्गा प्रसाईंले दर्ता गराए बन्दी प्रत्यक्षीकरण रिट

 |  शुक्रबार, मंसिर ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ८, २०८०

काठमाडौं- भक्तपुरस्थित निवासमा सुरक्षाकर्मीले आफूलाई सीमित राखेपछि मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईंले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका छन्। वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले प्रसाईंको तर्फबाट सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन्।

National life

रिट निवेदनमाथि आइतबार सुनुवाइ हुने भएको छ। बिहीबार राजधानीको बल्खुमा केन्द्रित रहेर विरोध प्रदर्शन आयोजना गरेका प्रसाईंले शुक्रबार तीनकुनेमा प्रदर्शन गर्ने तयारी गरेका थिए। तर, स्थानीय प्रशासनले त्यसो गर्न नमिल्ने भन्दै उनलाई घरभित्रै थुनेको थियो। ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएपछि उनी घरबाट निस्किन पाएनन्।

तीनकुने क्षेत्रमा भेला भएका केही प्रदर्शनकारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएर राखेको छ।

प्रसाईंको नजरबन्दले संविधानको धारा १७ ले प्रदत्त गरेको विचार र अभिव्यक्तिको स्वतन्त्रतासम्बन्धी अधिकारमा समेत आघात पुर्याइएको दाबी रिटमा गरिएको छ।

तीनकुनेमा समर्थकले आन्दोलन गरे पनि यतिबेला प्रसाईं भने भक्तपुरस्थित घरमै छन्। उनलाई सुरक्षाका लागि भित्रै राखिएको गृह मन्त्रालयले जनाएको छ।  

Laxmi sunrise bank
kumari

यसअघि प्रसाईंले तीनकुने जान समर्थकहरूलाई अपिल गरेका थिए। यता, तीनकुनेमा भने प्रशासनले धरपक्कड जारी राखेको छ। प्रसाईंले व्यवस्था उल्ट्याउन भन्दै बिहीबारदेखि काठमाडौंमा आन्दोलन शुरू गरेका छन्। बिहीबार बल्खुमा भएको आन्दोलनले झडपको स्थिति सिर्जना भएको थियो।

प्रसाईंको आन्दोलनमा साथ दिन आएकाको प्रहरी र युवा संघका कार्यकर्तासँग झडप भएको थियो।

 

प्रकाशित: Nov 24, 2023| 15:18 शुक्रबार, मंसिर ८, २०८०
प्रतिक्रिया दिनुहोस्