आइतबार, वैशाख १३, २०८३

विपीनको रिहाइमा सहयोग गर्न कतारसँग नेपालको आग्रह

 |  शुक्रबार, मंसिर ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ८, २०८०

काठमाडौं- परराष्ट्रमन्त्री एनपी साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग हमासको नियन्त्रणमा रहेका नेपाली नागरिक विपीन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका छन्।

National life

शुक्रबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा मन्त्री साउदले कञ्चनपुरका जोशीलाई हमासको नियन्त्रणबाट रिहाइका लागि पहल गरिदिन आग्रह गरेका हुन्।

प्यालेस्टाइनी लडाकु समूह हमासले रिहा गर्न लागिएको भनिएका ५० जनाको समूहसँगै जोशीको रिहाइ गराइदिन विशेष अनुरोध गरिएको मन्त्री साउदका प्रमुख स्वकीय सचिव दिपकराज जोशीले जानकारी दिए।

जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाइका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिए। भेटका क्रममा परराष्ट्रमन्त्री साउदले गाजामा युद्धविराम र हमासले बन्धक बनाएका नागरिकको रिहाइका लागि कतार सरकारले निर्वाह गरेको मध्यस्थकर्ताको भूमिकाको प्रशंसा गरे।

यसअघि बिहीबार मन्त्री साउदले जोशीको रिहाइका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर छलफल गरेका थिए। नेपाल भ्रमणमा रहेका कतारका विदेश राज्यमन्त्रीसँगको भेटका क्रममा रोजगारी, व्यापार तथा लगानी आदान प्रदान एवं उच्चस्तरीय भ्रमणलगायत साझा हितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

kumari

प्रकाशित: Nov 24, 2023| 14:29 शुक्रबार, मंसिर ८, २०८०
प्रतिक्रिया दिनुहोस्