शनिबार, असार २७, २०८३

बाघको आक्रमणबाट एक जनाको मृत्यु

 |  शुक्रबार, मंसिर ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ८, २०८०

भरतपुर- चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा राप्ती नगरपालिका वडा नं १ दुवीचौरका ४३ वर्षीय हरि पौडेल रहेका छन्।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज बिहान ९ः४५ बजे पौडेलको मकवानपुरको मनहरी गाउँपालिका–६ लोथरस्थित राप्ती दोभानमा घाँस काट्न गएको बेला बाघको आक्रमणबाट मृत्यु भएको हो।

प्रकाशित: Nov 24, 2023| 14:22 शुक्रबार, मंसिर ८, २०८०
प्रतिक्रिया दिनुहोस्