बिहीबार, पुस ३, २०८२

सवारी दुर्घटनामा सातको मृत्यु, दुईजना मृत फेला

 |  शुक्रबार, मंसिर ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ८, २०८०

रौतहट, राजपुर नगरपालिका-३ स्थित सडकमा बीआर ०५ एएक्स ८६६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार भारत मोतिहारी थाना चिरैया बस्ने ४० वर्षीय शिवकली देवीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

National life

कपिलवस्तु, यशोधरा गाउँपालिका-३ बहडिलवामा लु.४ त १२८० नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने प्रेम कुमार कुर्मीको छोरा २ वर्षीय रुपेश कुर्मीको बिहीबार दिउँसो मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ।

धनुषा, बटेश्वर गाउँपालिका-४ दराने टोलमा साईकलबाट लडेर क्षिरेश्वरनाथ नगरपालिका-३ पकडिया बस्ने ५३ वर्षीय सुर्य देव रायको बिहीबार दिउँसो मृत्यु भएको छ। साईकलबाट लडेर गम्भीर घाइते भएका उनको केसी अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो।

रौतहट, गढिमाई नगरपालिका-४ संग्रामपुरस्थित सडकमा ना.३ त ६६६ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने संजय राय यादवको छोरा ४ वर्षीय आशिक यादवको बिहीबार साँझ मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको हेल्थ ल्याण्ड हस्पिटल गरुडा हुँदै एलएस न्यूरो बारामा थप उपचारको क्रममा मृत्यु भएको हो। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

रूपन्देही, देवदह नगरपालिका-४ सिंगहास्थित सडकमा लु.५ प २३२९ नम्बरको मोटरसाइकल बिहीबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-४ सोईया बस्ने ३६ वर्षीय ईश्वर सोमैको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको भलुही मेडिकल कलेज रूपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो।

Laxmi sunrise bank
kumari

तनहुँ, म्यागदे गाउँपालिका-५ धारापानिस्थित सडकमा म.प्र.०३-०३०प ३८५० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल थाङदी खोलामा  खसेर बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार शुक्ला गण्डकी नगरपालिका-७ बस्ने २७ वर्षीय विनोद गुरुङको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जि.पि कोईराला श्वास प्रश्वास उपचारकेन्द्र बेलचौतारामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई लेखनाथ सिटी अस्पताल पोखरा रिफर गरिएको छ।

कास्की, पोखरा महानगरपालिका-५ मालेपाटनमा ग.१४ प ९३३२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने खोटाङ बारापोखरी-‍३ घर भएका ५२ वर्षीय टंक बहादुर समालको बिहीबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालकलाई उपचारको लागि फिस्टेल अस्पताल पोखरा पठाइएको छ।

मृत फेला
पाल्पा, तानसेन नगरपालिका-१४ दुमैस्थित कालिगण्डकी नदीमा रिब्दीकोट गाउँपालिका-३ मालमुल बस्ने ६७ वर्षीय होम बहादुर खत्री बिहीबार मृत अवस्थामा फेला परेका छन्।

चितवन, भरतपुर महानगरपालिका-१६ बस्ने १८ को समीर परियार सोही ठाउँस्थित नारायणी नदीको किनारमा बिहीबार मृत अवस्थामा फेला परेका छन्।

प्रकाशित: Nov 24, 2023| 11:53 शुक्रबार, मंसिर ८, २०८०
प्रतिक्रिया दिनुहोस्