शनिबार, असार २७, २०८३

दुर्गा प्रसाईंले भने- म अहिले 'होम अरेस्ट'मा छु

 |  शुक्रबार, मंसिर ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ८, २०८०

गणतन्त्रविरोधी अभियन्ता दुर्गा प्रसाईंले आफूलाई प्रहरीले घरबाट बाहिर निस्किन नदिएको बताएका छन्। भक्तपुरको ठिमीस्थित निवासमै पत्रकार सम्मेलन गर्दै उनले भने, 'म अहिले 'होम अरेस्ट'मा छु।'

उनले आफूलाई गिरफ्तार गरे पनि आन्दोलन नरोकिने बताए । 'मलाई सक्नुहुन्छ भने प्रहरी हिरासतमा लानुस्। केही फरक पर्दैन', उनले भने। उनले आज तीनकुनेमा प्रदर्शन गर्ने बताएका थिए।

प्रसाईंले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ व्यापारीको पोल्टामा गएको आरोप लगाए। ‘तपाईंहरू कम्युनिस्ट होइन, तपाईंहरू व्यापारी हो,’ प्रसाईंले भने।

शुक्रबार ११ बजे हुने भनिएको प्रसाईंको आन्दोलन कहाँ हुने भन्ने अन्योल देखिएको छ। प्रसाईंले आफूलाई घरबाट निस्किन नदिइएको भन्दै तीनकुने जान समर्थकहरूलाई अपिल गरेका छन्। आफू निस्किन नपाएपछि सबै कमान्डर बनेर खटिने उनको भनाइ छ।

बिहीबार बल्खु क्षेत्रमा भएको विरोध प्रदर्शनपछि प्रसाईंले कार्यक्रम समापनका क्रममा र पत्रकार सम्मेलनमार्फत उत्तेजक, अराजक, हिंसात्मक, ध्वंशात्मक गतिविधि गर्न उक्साउने र व्यक्तिकेन्द्रित भई घृणाजन्य अभिव्यक्ति दिएको पनि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जनाएको छ।

 

प्रकाशित: Nov 24, 2023| 11:31 शुक्रबार, मंसिर ८, २०८०
प्रतिक्रिया दिनुहोस्