बिहीबार, पुस ३, २०८२

इजरायल र हमासबीच अस्थायी युद्धविराम, आज १३ बन्धक छुट्ने

 |  शुक्रबार, मंसिर ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ८, २०८०

इजरायल र हमासबीचको युद्धमा संघर्षविरामको अवधि आरम्भ भएको छ। स्थानीय समयअनुसार बिहान ७ बजे अस्थायी संघर्षविराम सुरु भएपछि अपराह्न ४ बजे हमासले बन्धक बनाएर राखेकामध्ये १३ जनालाई मुक्त गरिने कतारी मध्यस्थकर्ताहरूले बताएका छन्।

National life

इजरायल र हमासबीच भएको सहमति अन्तर्गत चार दिनको संघर्षविरामको अवधिमा हमासले गाजाबाट ५० जना बन्धकलाई मुक्त गर्नेछ भने इजरायलले १५० जना प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्नेछ।

आज मुक्त हुने भनिएकाहरू सबै महिला तथा बालबालिका हुने बताइएको छ। तिनीहरूको नाम सार्वजनिक गरिएको छैन। उनीहरूलाई एक अन्तर्राष्ट्रिय परोपकारी संस्था रेड क्रसको जिम्मा लगाइने बताइएको छ।

प्यालेस्टिनी बन्दीहरूको रिहाइसँगै गाजामा मानवीय सहायता सामग्रीहरूको प्रवेशलाई पनि उल्लेख्य रूपमा बढाइने जनाइएको छ। इजरायलले यदि हमासले १० जना थप बन्धकहरूलाई मुक्त गरेमा त्यसको बदलामा संघर्षविरामको अवधिमा एक दिन थप गरिने पनि बताएको छ।

अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा १२ सय जनाको ज्यान गएको थियो भने २४० जनालाई बन्धक बनाइएको थियो। त्यसयता इजरायलले गरेको हमलामा १४ हजार भन्दा बढी मारिएको गाजामा हमास सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Laxmi sunrise bank
kumari

हमासले गरेको हमलामा १० जना नेपाली नागरिक मारिएका थिए भने एक जनालाई हमासले बन्धक बनाएर राखेको विश्वास गरिएको छ। उनको अवस्थाका बारेमा हालसम्म पक्का जानकारी प्राप्त भएको छैन।

प्रकाशित: Nov 24, 2023| 11:27 शुक्रबार, मंसिर ८, २०८०
प्रतिक्रिया दिनुहोस्