बिहीबार, पुस ३, २०८२

बल्खुमा हिजो प्रहरीलाई ढुंगा हान्ने पाँच जना आज समातिए

 |  शुक्रबार, मंसिर ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ८, २०८०

National life
Laxmi sunrise bank
kumari

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षको प्रदर्शनमा प्रहरीमाथि ढुंगामुढा गर्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। हिजो बल्खुमा प्रहरीमाथि आक्रमण गर्नेहरु आज समातिएका हुन्।

प्रहरीले उनीहरूको नाम सार्वजनिक गरिसकेको छैन। प्रहरीमाथि ढुंगामुढा गर्ने, गुलेलीले हिर्काउने र अराजकता फैलाउने काम उनीहरुले गरेको प्रहरीको भनाइ छ। यसमा संलग्न अन्य व्यक्तिहरूलाई पनि प्रहरीले खोजिरहेको छ।

बिहीबार बल्खुमा भएको प्रदर्शनमा पाँच प्रहरीसहित २८ जना घाइते भएका थिए। प्रसाईंले भाषण गरिरहँदा अब शहर पसेर आन्दोलन गर्ने भनेपछि भीड अनियन्त्रित भएर प्रहरीमाथि ढुंगामुढा गरेको थियो। त्यसक्रममा प्रहरीले अश्रुग्यास र रबरको गोली समेत चलाएको थियो।

प्रकाशित: Nov 24, 2023| 11:19 शुक्रबार, मंसिर ८, २०८०
प्रतिक्रिया दिनुहोस्