बिहीबार, पुस ३, २०८२

प्रहरीले घेर्‍यो दुर्गा प्रसाईंको घर, बाहिर निस्किन नदिने

 |  शुक्रबार, मंसिर ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ८, २०८०

काठमाडौं- गणतन्त्रविरोधी अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले उनकै घरमा घेरेर बाहिर निस्कन नदिने रणनीति बनाएको छ। प्रसाईंको भक्तपुर थिमीस्थित निवासमा नेपाल प्रहरीको विशेष कार्यदल (एसटीएफ) को टोली  खटिएको छ।

National life

प्रसाईंको घरलाई वरपरबाट घेरेर उनलाई त्यहाँबाट निस्कन नदिने प्रहरीको तयारी छ। प्रहरीले आज बिहान प्रसाईंका केही समर्थकलाई पक्राउसमेत गरेको बताइएको छ।

हिजो पहिलो दिन उल्लेख्य संख्यामा प्रदर्शनकारी सडकमा आएपछि प्रसाईंले साँझ पत्रकार सम्मेलन गरी आजदेखि हरेक दिन तीनकुनेमा भेला भएर सिंहदरबार र राजनीतिक दलका नेताका घर लक्षित ‘श्रीलंका स्टाइल’ मा आन्दोलन गर्ने उद्घोष गरेका थिए। प्रशासनले भने उनलाई बल्खुमा प्रदर्शनका लागि ठाउँ छुट्याइएको बताउँदै अन्य ठाउँमा भेला हुन नदिने बताएको छ।

काठमाडौंका सहायक प्रजिअ रवीन्द्रप्रसाद आचार्यले हिजो विज्ञप्ति जारी गर्दै उत्तेजक, अराजक, हिंसात्मक, ध्वंशात्मक गतिविधि गर्न उक्साउने र व्यक्तिकेन्द्रित भई घृणाजन्य अभिव्यक्ति दिँदै सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने र शान्ति सुरक्षा तथा अमनचयन बिथोल्ने मनसायले कार्यक्रम सार्वजनिक गरेको भन्दै शान्ति सुरक्षामा गम्भीर असर पार्ने गरी प्रचलित कानूनविपरीतका गतिविधि गरेमा कानूनबमोजिम कारबाही गर्ने चेतावनी दिएका छन्।

प्रकाशित: Nov 24, 2023| 11:09 शुक्रबार, मंसिर ८, २०८०
प्रतिक्रिया दिनुहोस्