शनिबार, असार २७, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • गणतन्त्रको अन्त्य नभएसम्म दुर्गा प्रसाईंले आन्दोलन जारी राख्ने

गणतन्त्रको अन्त्य नभएसम्म दुर्गा प्रसाईंले आन्दोलन जारी राख्ने

 |  शुक्रबार, मंसिर ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ८, २०८०

काठमाडौं- काठमाडौं- मेडिकल व्यावसायी दुर्गा प्रसाईँको नेतृत्वले गणतन्त्रको अन्त्य नभएसम्म काठमाडौंमा प्रदर्शन जारी राख्ने भएको छ। शुक्रबार बिहान सामाजिक सञ्जालमा पोस्ट गर्दै प्रसाईंले तीनकुनेमा बिहान ११ बजे जम्मा हुन उर्दी जारी गरेका हुन्। 

सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘यो गणतन्त्र को अन्त्य नभए सम्म हाम्रो आन्दोलन रोकिने छैन! आज २०८० मंसिर ८ गते  बिहान ११ बजे तीनकुने काठमाण्डौमा भेला हुनुहुन सम्पूर्ण साथीहरु लाई हार्दिक अनुरोध गरिन्छ र सम्पूर्ण जिल्लाहरुमा स्वतफुर्त कार्यक्रम गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ! आजको कार्यक्रम संचालन अभियान सह प्रवक्ता राजानन्द माण्डव्यबाट मात्र गरिने छ साथै बक्ताहरु छनौट गरि कार्यक्रम संचालकलाई जानकारी गराइसकेको छ।’  

यता जिल्ला प्रशासन कार्यालय काठमाडौंले भने दुर्गा प्रसाईँलाई तीनकुनेमा कार्यक्रम गर्नका लागि अनुमति नदिएको जनाएको छ। 

कार्यालयसँग कुनै समन्वय नगरी शान्ति सुरक्षा तथा अमनचयन बिथोल्ने गरी कार्यक्रम सार्वजनिक गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै कार्यालयले तीनकुनेमा कार्यक्रम गर्न अनुमति प्रदान नगरिएको जनाएको हो।

 

प्रकाशित: Nov 24, 2023| 09:05 शुक्रबार, मंसिर ८, २०८०
प्रतिक्रिया दिनुहोस्