शनिबार, असार २७, २०८३

जसले ट्राभल कम्पनीको सिस्टम ह्याक गरेर दुई करोडको टिकट बेचे

 |  बिहीबार, मंसिर ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ७, २०८०

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ट्राभल्स कम्पनीको युजर आईडी पोर्टल ह्याक गरी दुई करोड ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्याङ्जाको वालिङ नगरपालिका–४ का ३३ वर्षीय नारायण सुवेदी रहेका छन्। 

उनी काठमाडौंमा टोखा–६ सामाखुसीमा बस्दै आएका थिए। उनले कार्तिक १८ गतेदेखि मंसिर २ गतेसम्म बालुवाटारमा रहेको जियोल्यान्ड ट्राभल्स एन्ड टुर्स प्रालिको युजर आईडी ह्याक गरी एक करोड ९९ लाख ८२ हजार ९८५ रुपैयाँ बराबरको हवाई टिकट काटेर जियोल्यान्ड ट्राभल्सलाई ठगी गरेको सीआईबीले जनाएको छ।

उनले जजिरा र एअर अरेबियाको टिकट काटेका थिए। उनी मर्स्याङ्दी ट्राभल्स कम्पनीका म्यानेजर हुन्। बुधबार पक्राउ परेका उनीमाथि अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।

प्रकाशित: Nov 23, 2023| 21:21 बिहीबार, मंसिर ७, २०८०
प्रतिक्रिया दिनुहोस्