शनिबार, असार २७, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने नेविसंघ कार्यकर्तालाई दुई वर्ष कैद

उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने नेविसंघ कार्यकर्तालाई दुई वर्ष कैद

 |  बिहीबार, मंसिर ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ७, २०८०

जिल्ला अदालत काठमाडौंले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि तीन वर्षअघि आक्रमण गर्ने नेविसंघका ६ कार्यकर्तालाई जनही २ वर्ष कैद सजाय र २० हजार जरिवाना साथै २८ लाख क्षतिपूर्ति भराउने फैसला गरेको छ।

न्यायाधीश विनोद खतिवडाको इजलासले ६ जनालाई कैद र जरिवाना गरेको हो। जिल्ला अदालतले हरि आचार्य, योगेन्द्र रावल, सयुज श्रेष्ठ, निरज रानामगरलाई दुई वर्ष कैद सजाय गरेको छ भने दीपक ओझालाई भने सफाइ दिएको छ।

यसैगरी, चलाउनेको उपचारमा लागेको २८ लाख १७ हजार रुपैयाँ क्षतिपूर्ति ६ जनाबाट बराबर भराउन अदालतले भनेको छ। प्रेम चलाउनेमाथि २०७७ साल असोज २० गते त्रिभुवन विश्वविद्यालयमा कुटपिट भएको थियो। उनीमाथि सयुजसहित सात जनाले कुटपिट गरेका थिए।

नेविसंघ त्रिवि समितिका अध्यक्ष हरि आचार्य, सचिव योगेन्द्र रावल, रुपेश शाह, रविन लामा, सयुज श्रेष्ठ, निरज रानामगर र दीपक ओझाले कुटपिट गरेको आरोप थियो।

गत जेठ ३० गते बसेको मन्त्रिपरिषदको बैठकले उनीमाथि कुटपिट गरी ज्यान मार्ने उद्योगको मुद्दा फिर्ता गर्ने निर्णय समेत गरेको थियो। त्यसविरूद्ध उनी सर्वोच्च समेत पुगेका थिए। उक्त निर्णयविरूद्ध उनले अनसन समेत सुरू गरेका थिए। सर्वोच्चले उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो।

प्रकाशित: Nov 23, 2023| 20:24 बिहीबार, मंसिर ७, २०८०
प्रतिक्रिया दिनुहोस्