शनिबार, असार २७, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका र क्यानाडाको सीमामा रहेको पुलमा विस्फोट, दुईजनाको मृत्यु

अमेरिका र क्यानाडाको सीमामा रहेको पुलमा विस्फोट, दुईजनाको मृत्यु

 |  बिहीबार, मंसिर ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ७, २०८०

काठमाडौं- अमेरिका र क्यानाडा बीचको सीमामा रहेको नियाग्रा फल्स पुलमा बुधबार कारमा विस्फोट भएको छ। विस्फोटमा कार चालक र त्यसमा सवार अर्का एक व्यक्तिको ज्यान गएको छ।

स्थानीय समय अनुसार बिहान करिब साढे ११ बजे दुर्घटना भएको बताइएको छ। घटनापछि उच्च सर्तकता अपनाउँदै सीमा बन्द गरिएको थियो।

अधिकारीहरूले घटना आतंकवादसँग नजोडिएको बताएका छन्। तीव्र गतिमा रहेको कार एक वस्तुमा ठोक्किएर हावामा उड्दै जमिनमा ठोक्किएर आगोसहित विस्फोट भएको बताइएको छ। घटनाबारे अधिकारीहररूले थप अनुसन्धान गरिरहेका छन्।

प्रकाशित: Nov 23, 2023| 19:10 बिहीबार, मंसिर ७, २०८०
प्रतिक्रिया दिनुहोस्