शुक्रबार, पुस ४, २०८२

नेपालद्वारा इजरायल र हमासबीचको युद्धविरामको स्वागत

 |  बिहीबार, मंसिर ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ७, २०८०

काठमाडौं- नेपालले इजरायल र हमासबीच भएको युद्धविरामको स्वागत गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै युद्धविराको स्वागत गरेको हो।

National life

'नेपाल सरकारले गाजामा बन्दीहरूको रिहाइ र मानवीय सामग्रीको आपूर्तिका लागि मार्ग प्रशस्त गर्ने युद्धविराम सम्झौताको स्वागत गर्दछ,' विज्ञप्तिमा भनिएको छ।

सम्झौतामा पुग्नका लागि सबै देश र पक्षहरू मुख्यतया कतार, अमेरिका र इजिप्टले गरेको कूटनीतिक प्रयासको विज्ञप्तिमा नेपालले प्रशंसा गरेको छ।

'नेपाल सरकार नेपाली नागरिक विपिन जोशीको तत्काल रिहाइका लागि पुनः आह्वान गर्दछ,' विज्ञप्तिमा नेपालले भनेको छ।

प्रकाशित: Nov 23, 2023| 18:55 बिहीबार, मंसिर ७, २०८०
प्रतिक्रिया दिनुहोस्