शनिबार, असार २७, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • दुर्गा प्रसाईंको समूहले भोलिदेखि महेश बस्‍नेतले प्रदर्शन गरेको ठाउँमा आन्दोलन गर्ने

दुर्गा प्रसाईंको समूहले भोलिदेखि महेश बस्‍नेतले प्रदर्शन गरेको ठाउँमा आन्दोलन गर्ने

 |  बिहीबार, मंसिर ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ७, २०८०

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र बचाउ महाअभियान’ले भोलि (शुक्रबार) देखि नेकपा एमालेका नेता महेश बस्‍ने नेतृत्वमा आन्दोलन भएको क्षेत्र तीनकुनेमा प्रदर्शन गर्ने भएको छ। 

अभियानको पहिलो दिन बिहीबार बल्खुमा प्रदर्शन गरेको सो समूहले भोलिबाट तीनकुनेमा प्रदर्शन हुने बताइएको हो। उनले निरन्तर प्रदर्शन जारी रहने जनाउँदै शुक्रबार बिहान ११ बजेदेखि तीनकुनेमा आन्दोलन गर्ने जनाएका हुन्। 

यसअघि जिल्ला प्रशासन काठमाडौंले युवा संघका लागि सो क्षेत्रमा प्रदर्शन गर्ने अनुमति दिएको थियो। 

पहिलो दिन उपत्यकाका विभिन्न ८ ठाउँबाट प्रसाईं नेतृत्वको अभियानले र्‍याली निकालेको थियो। उक्त र्‍याली बल्खुमा पुगेर कोणसभामा परिणत भयो। 

कोणसभा हुनुअघि प्रसाईंका समर्थकसँग युवा संघ र प्रहरीको घम्साघम्सी भएको थियो। स्थिति तनावपूर्ण भएपछि नियन्त्रणमा लिनका लागि प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको थियो।

प्रकाशित: Nov 23, 2023| 18:07 बिहीबार, मंसिर ७, २०८०
प्रतिक्रिया दिनुहोस्