सोमबार, वैशाख १४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • वन मन्त्रालयका उपसचिव शर्मासहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

वन मन्त्रालयका उपसचिव शर्मासहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

 |  बिहीबार, मंसिर ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ७, २०८०

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन तथा वातावरण मन्त्रालयका उपसचिव पुरुषोत्तम शर्मासहित १२ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। चितवनको खैरहनी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत उनलाई त्यहाँ रहँदा सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले उनीहरूविरुद्ध विहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

National life

शर्मा हाल वन तथा वातावरण मन्त्रालयमा प्रशासन महाशाखा अन्तरगत रहेको शासकीय सुधार शाखा प्रमुखको जिम्मेवारीमा छन्। करिब तीन महिनाअघि खैरहनी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतबाट वन तथा वातावरण मन्त्रालयमा सरुवा भएर आएका थिए।

अख्तियारले मुद्दा दायर गरेकामा उपसचिव शर्मासहित चितवन राष्ट्रिय निकुञ्ज कार्यालय सौराहाका तत्कालीन सहायक संरक्षण अधिकृत अभिनय पाठक, खैरहनी नगरपालिकाका इन्जिनियर राजेश कोइराला र सव-इन्जिनियर सुमन श्रेष्ठ, कुमरोज मध्यवर्ति सामुदायिक वन उपभोक्ता समूह र कंक्रिट मचान निर्माण उपभोक्ता समितिका अध्यक्ष हिराबहादुर गुरुङ छन्।

त्यस्तै, कोषाध्यक्ष शम्भु जिसी, वन उपभोक्ता समूहका अध्यक्ष गणेशकुमार श्रेष्ठ र कोषाध्यक्ष उज्वल बर्तौला, बुढीराप्ति उपभोक्ता समितिका अध्यक्ष नारायणदत्त तिमिल्सिना र कोषाध्यक्ष सोमराज कडरिया र कंक्रिट मचान निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष कुमार दाहाल र सचिव कल्याण लटौला छन्।

अख्तियारले दायर गरेको मुद्दामा उनीहरूसँग ७८ हजार रूपैयाँदेखि एक करोड १९ लाख पाँच हजार ६०३ रूपैयाँसम्म बिगो दाबी गरिएको आयोगका सहसचिव एवम प्रवक्ता भोला दाहालले जानकारी दिए। उनका अनुसार कुमरोज सामुदायिक वन उपभोक्ता समूहलाई निकुञ्जको कोर इलाकामा १६ कोठाको लजसहितको भ्यू टावरको निर्माण गर्न सहमति दिएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको हो।

kumari

प्रकाशित: Nov 23, 2023| 15:53 बिहीबार, मंसिर ७, २०८०
प्रतिक्रिया दिनुहोस्