शनिबार, साउन ३, २०८२

बल्खुमा फेरि झडप, अश्रुग्यास प्रहार

 |  बिहीबार, मंसिर ७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ७, २०८०

vianetvianet

काठमाडौंको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबीच झडप भएको छ। झडपपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको छ।

चक्रपथमा प्रदर्शन गरिरहेकाहरु प्रहरी घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो। प्रदर्शनस्थलमा दुर्गा प्रसाईंले सम्बोधन गरेपछि एक व्यक्तिले मञ्चबाटै निषेधित क्षेत्र तोडेर त्रिपुरेश्वरतर्फ जाने घोषणा गरेका थिए। त्यसपछि प्रदर्शनकारीको समूह बल्खुचोकबाट कालिमाटी हुँदै त्रिपुरेश्वर आउने सडकतर्फ अघि बढेपछि प्रहरीले बल प्रयोग गरेको हो।

यसअघि सोही स्थानमा दुर्गा प्रसाईं समूह र युवा संघका कार्यकर्ताबीच झडप भएको थियो।

 

प्रकाशित: Nov 23, 2023| 14:18 बिहीबार, मंसिर ७, २०८०
प्रतिक्रिया दिनुहोस्