शुक्रबार, पुस ४, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • दुर्गा प्रसाईं समूह र युवा संघका कार्यकर्ताबीच झडप हुँदा २ जना घाइते

दुर्गा प्रसाईं समूह र युवा संघका कार्यकर्ताबीच झडप हुँदा २ जना घाइते

 |  बिहीबार, मंसिर ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ७, २०८०

काठमाडौं- काठमाडौंमा प्रदर्शनरत युवा संघका कार्यकर्ता र मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहबीच ढुंगा हानाहान हुँदा दुई जना घाइते भएका छन्। मोटरसाइकल र्‍याली गर्दै बल्खु पुगेका युवा संघका कार्यकर्तासँग प्रसाईं समूहबीच झडप हुँदा दुई जना घाइते भएका हुन्।

National life

घाइते दुई जनालाई बयोधा अस्पतालमा लगिएको छ। रेडक्रसका स्वास्थ्यकर्मीहरुका अनुसार टाउकोमा सामान्य चोट लागेपछि उनीहरुलाई अस्प्ताल लगिएको हो। 

यसअघि, प्रसाईं समूहको तोडफोडबाट बल्खु आसपासका केही संरचनामा क्षति पुगेको छ। सुरक्षाकर्मीले त्यहाँको स्थिति नियन्त्रणमा लिएको छ।

बल्खु क्षेत्रमा थप सुरक्षाकर्मी केन्द्रित गरिएको छ। बल्खुमा विभिन्न ठाउँबाट जुलुससहित प्रदर्शनकारी आइरहेका छन्।

प्रकाशित: Nov 23, 2023| 13:30 बिहीबार, मंसिर ७, २०८०
प्रतिक्रिया दिनुहोस्