शनिबार, साउन ३, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • भूकम्पपीडितलाई मनोपरामर्श दिँदै अन्तरध्वनी नेपालकी अध्यक्ष जमुना

भूकम्पपीडितलाई मनोपरामर्श दिँदै अन्तरध्वनी नेपालकी अध्यक्ष जमुना

 |  बिहीबार, मंसिर ७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ७, २०८०

vianetvianet

काठमाडौं- अन्तरध्वनी नेपालकी अध्यक्ष जमुना शर्मा नेतृत्वको टोली यतिबेला जाजरकोटस्थित भूकम्प प्रभावित क्षेत्रमा पुगेको छ।

उनीहरूले भूकम्प प्रभावित क्षेत्रमा पुगेर पीडितहरूलाई मनोपरामर्श प्रदान गरिरहेका छन्।

‘भूकम्पपीडितको व्यक्तिहरूको मनो सामाजिक सहयोग तथा प्राथमिक मनोवैज्ञानिक उपचार सेवा प्रदान गर्न हामीहरू यहाँ आएका हौं। भूकम्पका कारण घाइते भई उपचाररत बिरामी र उनीहरूका परिवारका सदस्यहरू गरी २५ जना भूकम्पपीडितहरूलाई मनोसामाजिक परामर्श प्रदान गरिसकेका छौं,’ उनले भनिन्। आगामी दिनमा अन्य व्यक्तिहरूलाई पनि मनोपरामर्श प्रदान गर्दै आत्मविश्वास बढाउने आफूहरूको अभियान जारी नै रहने उनको भनाइ छ।

मनोपरामर्श प्रदान गर्दैगर्दा घाइते बिरामीहरूलाई प्रत्येक्ष रूपमा भेटेर कुराकानी गर्नुका साथै परिवारका सदस्यहरूको हालको मनोसामाजिक अवस्था र घटनाले पारेको प्रभाव तथा असर कम गर्न जानकारी प्रदान गरिएको उनले बताइन्। पीडितहरूको आत्मबल बढाउन आफूहरू सधैँ क्रियाशील रहने उनले बताइन्। केही समय सोही स्थानमा रहेर मनोपरामर्श प्रदान गरिने शर्माको भनाइ छ।

प्रकाशित: Nov 23, 2023| 12:42 बिहीबार, मंसिर ७, २०८०
प्रतिक्रिया दिनुहोस्