शुक्रबार, पुस ४, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • दुर्गा प्रसाईं समूह र युवा संघका कार्यकर्ताबीच ढुंगा हानाहान

दुर्गा प्रसाईं समूह र युवा संघका कार्यकर्ताबीच ढुंगा हानाहान

 |  बिहीबार, मंसिर ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ७, २०८०

काठमाडौंमा प्रदर्शनरत युवा संघका कार्यकर्ता र मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहबीच ढुंगा हानाहान भएको छ। मोटरसाइकल र्‍याली गर्दै बल्खु पुगेका युवा संघका कार्यकर्तासँग प्रसाईं समूहको झडप भएको हो।

National life

जिल्ला प्रशासन कार्यालय काठमाडौंले युवा संघलाई काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्न भनेको छ। तर, करिब ३० जना युवा संघका कार्यकर्ता बाइक र्‍याली गर्दै बल्खुमा पुगेपछि झडपको अवस्था आएको हो।

युवा संघका कार्यकर्ताले सडकमा आउजाउ गरिरहेका जनतामाथि पनि हातपात गरेका छन्।

प्रसाईं समूहको तोडफोडबाट बल्खु आसपासका केही संरचनामा क्षति पुगेको छ। सुरक्षाकर्मीले त्यहाँको स्थिति नियन्त्रणमा लिएको छ।

बल्खु क्षेत्रमा थप सुरक्षाकर्मी केन्द्रित गरिएको छ। बल्खुमा विभिन्न ठाउँबाट जुलुससहित प्रदर्शनकारी आइरहेका छन्।

Laxmi sunrise bank
kumari

प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति बचाऊ अभियान’को र्‍यालीमा गणतन्त्र र संघीयताविरोधी चर्का नारा लागेको छ। र्‍यालीमा सहभागीले ‘गणतन्त्र खारेज गर, नारायणहिटी खाली गर’जस्ता लारा लगाएका छन्।

उनीहरूले हिन्दू राष्ट्र कायम गर भन्नेजस्ता नारा पनि लगाएका छन्।

प्रकाशित: Nov 23, 2023| 12:10 बिहीबार, मंसिर ७, २०८०
प्रतिक्रिया दिनुहोस्