बुधबार, असोज १, २०८२

चीनमा नयाँ महामारीको आशंका

 |  बिहीबार, मंसिर ७, २०८०
machha bankmachha bank

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ७, २०८०

vianetvianet

कोरोना भाइरस महामारीको प्रभावबाट विश्व राम्रोसँग तङ्ग्रिन नसकिरहेका बेला चीनमा फेरि अर्को महामारी फैलिएको संकेत देखिएको छ। समाचार संस्था अलजजिराका अनुसार चीनका कैयौं अस्पतालमा एक रहस्यमयी रोगका बिरामीको सङ्ख्या तीव्र गतिमा बढिरहेको छ।

Kumaribank

नयाँ महामारी फैलिन लागेको हो कि भन्ने खबरहरूले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को चिन्ता बढाइदिएको छ। यो रोग खासगरी विद्यालयका बच्चाहरूमा देखिएको बताइएको छ। यो महामारी निमोनियासँग मिल्दोजुल्दो छ। तर यसका कैयौं लक्षण निमोनियाभन्दा अलग छन्। यसको चपेटामा आएका बच्चाको फोक्सो सुन्निएको छ। उच्च ज्वरो, खोकी, रुघा र सास फेर्न गाह्रो हुने जस्ता समस्याहरू पनि देखिएको छ।

रहस्यमय निमोनियाका अधिकांश बिरामी चीनको उतरपूर्वी बेइजिङ र लियाओनिङ लगायत सहरहरूमा उपचाररत छन्। रोग बढ्दै गएपछि सरकारले विद्यालय नै बन्द गर्ने तयारी गरिरहेको पनि बताइएको छ।

यो रोगबारे अनलाइन मेडिकल समुदाय प्रोमेडले अलर्ट जारी गरेको छ। कोभिडबारे पनि सुरुमा यही संस्थाले अलर्ट जारी गरेको थियो। यो रोगको प्रकोप कहिलेदेखि सुरु भयो भनेर स्पष्ट नभएको संस्थाले बताएको छ। बच्चाहरूबाट रोग वयस्कमा सरेको भने नभेटिएको प्रोमेड अलर्टले बताएको छ।

रहस्यमयी रोगबारे खबरहरू आउन थालेपछि डब्लयूएचओले चीन सरकारसँग विस्तृत जानकारी मागेको छ। यो रोगबारे चीनले यही नोभेम्बर १३ मा स्थानीय सञ्चार माध्यमहरूलाई बताएको थियो। उत्तरी चीनमा अहिले व्याप्त यो रोग चिनियाँ अधिकारीहरूले यसअघि रिपोर्ट गरेको रोगसँग सम्बन्धित छ कि छैन भन्ने स्पष्ट भइसकेको छैन।

Metro Mart

रोगको अवस्थाबारे कडा निगरानी राख्न पनि चिनियाँ अधिकारीहरूलाई भनिएको छ। डब्यूएचओका अनुसार प्रोमेडले नोभेम्बर २१ मा उत्तरी चीनमा फैलिरहेको यो रोगबारे सूचना दिएको थियो।

प्रकाशित: Nov 23, 2023| 11:44 बिहीबार, मंसिर ७, २०८०
प्रतिक्रिया दिनुहोस्