शनिबार, असार २७, २०८३

झापामा श्रीमतीको हत्यापछि आत्महत्या

 |  बिहीबार, मंसिर ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ७, २०८०

झापामा श्रीमतीलाई कुटपिट गरी हत्या गरेपछि श्रीमानले सुसाइड नोट लेखेर आत्महत्या गरेका छन्। भद्रपुर नगरपालिका–१ चमेली बस्ती निवासी ३६ वर्षीय सुभाष लिम्बुले श्रीमती ३५ वर्षीया जुनिता लिम्बुलाई कुटपिट गरी हत्या गरेका हुन्।

श्रीमतीको हत्यापछि सुभाषले श्रीमतीको फोटो र सुसाइड नोट लेखेर घर नजिकैको रुखमा झुन्डिएर आत्महत्या गरेको  जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। घटना आज  बिहानको हो। श्रीमतीको फोटो र सुसाइड नोट सुभाष झुन्डिएकै ठाउँमा फेला परेको छ।

घटनास्थलमा प्रहरी टोली पुग्दा सुभाषसँगै श्रीमती जुनिता घरभित्र मृत फेला पारेको थियो। घटनाको प्रारम्भिक प्रहरी अनुसन्धानअनुसार श्रीमान्–श्रीमतीबीच गएराति घरायसी झगडासँगै कुटपिटसमेत भएको थियो।

उनीहरूका तीन छोराछोरी छन्। प्रहरी टोली घटनास्थल पुगेर कानुनी प्रक्रिया पूरा गरी दुवै शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ।

प्रकाशित: Nov 23, 2023| 11:32 बिहीबार, मंसिर ७, २०८०
प्रतिक्रिया दिनुहोस्