शुक्रबार, पुस ४, २०८२

धनकुटामा एकै परिवारका तीन जना मृत फेला

 |  बिहीबार, मंसिर ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ७, २०८०

धनकुटा नगरपालिका-१ निगालेमा तीन जना मृत फेला परेका छन्।

National life

संखुवासभाको चैनपुर नगरपालिका नुनढाकी घर भई हाल धनकुटा नगरपालिका-१ निगालेमा बस्दै आएका वर्ष ३५ का टिकाराम गुरुङ झुण्डिएको र ३६ वर्षीया श्रीमती भीमा तामाङ र छोरा वर्ष १० का आयुष हत्या गरिएको अवस्थामा फेला परेका हुन्। 

स्थानीय मानिकलाल श्रेष्ठको खाली घरमा बसी ज्यालामजदुरी गर्दै आएका गुरुङले मादक पदार्थ सेवनका कारण घरायसी विवाद हुँदा घटना घटाएको हुन सक्ने प्रहरीको आकलन छ। घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेको छ।

परिवारकी कान्छी छोरी वर्ष ६ की आसिकी भने छिमेकीको घरमा सुताउन लगिएकाले जिवित छन्। 

प्रकाशित: Nov 23, 2023| 10:45 बिहीबार, मंसिर ७, २०८०
प्रतिक्रिया दिनुहोस्