शनिबार, साउन ३, २०८२

भूकम्पले हल्लियो काठमाडौं, इपिसेन्टर चित्लाङ

 |  बिहीबार, मंसिर ७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ७, २०८०

vianetvianet

बुधबार राति काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ। मध्य राति १ बजेर १९ मिनेटमा धक्का महसुस भएको हो। धक्कासँगै गड्याङगुडुङ आवाज समेत आएको थियो।

भूकम्पले ब्य्ँझाएपछि मानिसहरुको हल्लाखल्ला सुनिएको छ। कतिपय बाटोमा समेत निस्किएका छन्।

भूकम्पको म्याग्निच्युड ४.५ रेक्टर स्केल भएको र मकवानपुरको चित्लाङ आसपास इपिसेन्टर रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। काठमाडौं उपत्यकासँगै आसपासका जिल्लामा पनि धक्का महसुस भएको छ।  

प्रकाशित: Nov 23, 2023| 01:56 बिहीबार, मंसिर ७, २०८०
प्रतिक्रिया दिनुहोस्