शुक्रबार, पुस ४, २०८२

ढुंगा खसेर लाग्दा एक महिलाको ज्यान गयो

 |  बुधबार, मंसिर ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ६, २०८०

National life
Laxmi sunrise bank
kumari

जुम्ला- जुम्लामा ढुङ्गा खसेर एक महिलाको मृत्यु भएको छ। जङ्गलमा दाउरा खोज्न जाने क्रममा माथिबाट खसेको ढुङ्गा लागेर आज एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले जानकारी दिए।

कालकिोटको तिलागुफा नगरपालिका–७ राचुल्ली घर घर भई हाल माइती घर जुम्लाको हिमा गाउँपालिका-१ बड्की गाउँमा बस्दै आइरहेकी २२ वर्षीया कमला विकको मृत्यु भएको सूचना अधिकारी चन्दले बताए। 

प्रहरीका अनुसार जङ्गलको माथिबाट अचानक खसेको ढुङ्गा लागेर टाउकोमा चोट लागि गम्भीर घाइते भएकी कमलालाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित: Nov 22, 2023| 21:11 बुधबार, मंसिर ६, २०८०
प्रतिक्रिया दिनुहोस्