शनिबार, साउन ३, २०८२

आठ ठाउँबाट दुर्गा प्रसाईंको जुलुस निस्कने, यस्तो छ रुट

 |  बुधबार, मंसिर ६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ६, २०८०

vianetvianet

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंको अगुवाईमा बिहीबार बल्खुमा हुन लागेको प्रदर्शनमा उपत्यकाको विभिन्न आठ स्थानबाट जुलुस निस्कने भएको छ।

'राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान'का नाममा निस्कने जुलुस उपत्यकाका तीनै जिल्लाबाट बल्खुमा केन्द्रित हुने आयोजकले जनाएको छ।

जुलुसमा धार्मिक र राष्ट्रिय झण्डा बाहेक अन्य झण्डा बोक्न नपाइने अभियानका सहप्रवक्ता राजानन्द माण्डव्यले जनाएका छन्। जुलुसको अग्र स्थानमा धर्मगुरु, ओमकार परिवार र नाथलगायतलाई राखिने जनाइएको छ।

आयोजकका अनुसार बिहान १० बजेपछि भक्तपुर, गंगबु, बुढानीलकण्ठ, कलंकी, सातदोबाटो, चाबहिललगायतका स्थानबाट निस्कने जुलुस बल्खु पुगेर सभामा परिणत हुनेछ।

यस्तो छ रुट

प्रकाशित: Nov 22, 2023| 20:24 बुधबार, मंसिर ६, २०८०
प्रतिक्रिया दिनुहोस्