शनिबार, पुस ५, २०८२

पछिल्लो ३ महिनामा विद्यार्थीसँगै बाहरियो ३ अर्ब 

 |  बुधबार, मंसिर ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ६, २०८०

काठमाडौं- चालु आर्थिक वर्ष २०८०/०८१ को तीन महिनामा सेवा क्षेत्र २९ अर्बले घाटामा रहेको छ।

National life

नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको साउन, भदौ र असोजमा नेपालले सेवा क्षेत्रमार्फत ५३ खर्ब २८ करोड रुपैयाँ आम्दानी गरेको छ।

विभिन्न सेवा ३२ अर्ब ९३ करोड र पर्यटन क्षेत्रबाट मात्रै सरकारले १७ अर्ब आम्दानी गरेको छ। तर, यसै तीन महिनाको अवधिमा सेवा क्षेत्रमार्फत ८२ अर्ब ८४ करोड रुपैयाँ बाहिरिएको छ।

सबैभन्दा बढी भ्रमणमा जानेबाट ५१ अर्ब ८० करोड रुपैयाँ बाहिरिएको छ। यस्तै, विदेश पढ्न जानेबाट ३२ अर्ब ९२ करोड रुपैयाँ बाहिरिएको छ।

यसरी पछिल्लो तीन महिनामा सेवा क्षेत्र २९ अर्ब ५६ करोड रुपैयाँले घाटामा रहेको हो।

Laxmi sunrise bank
kumari

गत आर्थिक वर्ष २०७९/०८० मा नेपालले सेवा क्षेत्रमा ८३ अर्बको घाटा बेहोरेको छ। गत वर्ष नेपालले सेवा क्षेत्रबाट एक अर्ब ८८ अर्ब आम्दानी गरेको थियो। पर्यटन क्षेत्रबाट ६१ अर्ब र अन्य क्षेत्रबाट एक खर्ब १५ अर्ब आम्दानी भएको थियो।

गत वर्ष सेवा क्षेत्रमार्फत देशले दुई खर्ब ७२ अर्ब गुमाएको छ। सबैभन्दा बढी भ्रमणमा जानेबाट एक खर्ब ४४ अर्ब रुपैयाँ बाहिरिएको थियो। यस्तै, पढ्न जानेले एक खर्ब रुपैयाँ लगेका थिए।

यसरी एक वर्षमा नेपालको सेवा क्षेत्र ८३ अर्ब ८४ करोडले घाटामा रहेको हो।

प्रकाशित: Nov 22, 2023| 19:00 बुधबार, मंसिर ६, २०८०
प्रतिक्रिया दिनुहोस्