शनिबार, असार २७, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • 'व्यवस्था परिवर्तन हुन्छ' भनेपछि एपिवान टिभीले रोक्यो दुर्गा प्रसाईंको अन्तर्वार्ता

'व्यवस्था परिवर्तन हुन्छ' भनेपछि एपिवान टिभीले रोक्यो दुर्गा प्रसाईंको अन्तर्वार्ता

 |  बुधबार, मंसिर ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ६, २०८०

एपिवान टेलिभिजनले दुर्गा प्रसाईंको अन्तर्वार्ता प्रसारण रोकेको छ। ब्राभो डेल्टा शो नामक कार्यक्रमका लागि भुषण दाहालले लिएको प्रसाईंसँगको अन्तर्वार्ता अन्तिम समयमा प्रसारण रोकिएको हो।

दाहालले ट्विटरमा दिएको जानकारीअनुसार व्यवस्थापनको हवाला दिँदै कार्यक्रम प्रसारण नहुने जानकारी उनलाई दिइएको छ। दाहालले भनेका छन्, 'वाह! लोकतन्त्र। ३५ वर्षको मेरो टेलिभिजन यात्रामा पहिलो पटक बनेर तयार कार्यक्रम हेर्दै नहेरी व्यवस्थापनको हवाला दिँदै प्रसारण नगरिने जानकारी एपिवान एचडीबाट प्राप्त भएकोले खेदपूर्ण रुपमा सम्पूर्ण दर्शकहरुलाई जानकारी गराउँदछु।'

कार्यक्रम आज बेलुका ९ बजे प्रसारण हुने तालिका थियो। आज दिउँसो दाहालले ट्विटरमा अन्तर्वार्ताको क्लिप सार्वजनिक गरेका थिए, जसमा प्रसाईंले भनेका छन्-

यो देशमा अब राजा को हुन्छ मलाई थाहा छैन, यो देशमा अब को प्रधानमन्त्री हुन्छ मलाई थाहा छैन। तर यो देशको व्यवस्था अब परिवर्तन हुन्छ र विदेशमा रहेका ५० लाख युवा यो देशमा फर्किनुपर्छ। लघुवित्त, बैंकहरु, सहकारी राष्ट्रियकरण हुनुपर्छ। २० लाखभन्दा कम ऋण मिनाहा गरेर दिनैपिच्छे झुन्डिएर मर्ने, पेट्रोल खन्याएर आफैंलाई जलाउने बाटो बन्द हुनुपर्छ। विखण्डित भएको परिवार छ नि पढ्न नपाएर, पैसाको कारणले ? अब सधैंभरि परिवारले एकै ठाउँमा बसेर दसैंको टिको लाउनुपर्छ। डाइनिङ टेबुलमा बसुन् कि गोबरले लोटाएको ठाउँमा बसुन्, बाउआमासँग छोराछोरी बसेर एक छाक भए पनि भात खानुपर्छ। मेरो अभियान त्यो हो। मेरो विद्रोह त्यो हो।

प्रकाशित: Nov 22, 2023| 16:40 बुधबार, मंसिर ६, २०८०
प्रतिक्रिया दिनुहोस्