शनिबार, पुस ५, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • पार्टी प्यालेसको भिडियोबारे युवा संघले भन्यो- भ्रामक र मिथ्या भिडियो फैलाइयो

पार्टी प्यालेसको भिडियोबारे युवा संघले भन्यो- भ्रामक र मिथ्या भिडियो फैलाइयो

 |  बुधबार, मंसिर ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ६, २०८०

नेकपा (एमाले) को भ्रातृ संगठन राष्ट्रिय युवा संघले आफ्नो संगठनलाई बदनाम गर्न सामाजिक सञ्जालमा भ्रामक र मिथ्या भिडियो फैलाइएको बताएको छ। भक्तपुरको एक पार्टी प्यालेसबाट मंगलबार बेलुका बास बसिरहेका महिलाहरूलाई निकालिएको घटनामा आफ्नो संगठनको नाम मुछिएपछि युवा संघले प्रष्टिकरणसहित बुधबार विज्ञप्ति जारी गरेको हो।

National life

संघका अध्यक्ष क्षितिज थेवेले आफूहरूले संविधान र विधिको शासनलाई स्वीकार गर्ने बताउँदै लोकतान्त्रिक मूल्य मान्यता र आचरणसहित आफूहरूले गतिविधि गरिरहेको उल्लेख गरेका छन्। ‘मंसिर ७ गते आयोजना गरिने युवा-विद्यार्थी विशेष कार्यक्रमलाई विथोल्ने मनसायका साथ केही अराजक घुसपैठी समूहले हाम्रो संगठनको नाम बदनाम गरिरहेको हामीले आशंका गरिरहेका छौं। घुसपैठबारे हामीले आन्तरिक रूपमा छानबिन गरिरहेको व्यहोरा जानकारी गराउँदछौं। यस्ता खालको कुनै पनि गतिविधि गर्ने योजना आयोजकको नरहेको र हाम्रा तर्फबाट यस्ता खालका गतिविधि नगरिएको जानकारी गराइन्छ,’ उनले भनेका छन्।

यस्तै एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले पनि उक्त घटनामा आफूहरूको संलग्नता नरहेको स्पष्ट पारेको छ। अनेरास्ववियुका अध्यक्ष समिक बडालले निकालेको विज्ञप्तिमा भनिएको छ,‘भ्रष्टाचार, अनियमितता नियन्त्रणमा सरकारको अकर्मन्यता तथा सामाजिक सद्भाव र धार्मिक सहिष्णुता भत्काउने गतिविधिहरु विरुद्ध युवा विद्यार्थी विशेष प्रदर्शनको सम्मुखमा महिला आमा दिदीबहिनीहरु माथि भएको अमानवीय र अशोभनिय ज्यादतीको भिडियो सामाजिक संजालमा आइरहेकोमा उक्त मानवता विरोधि कार्यमा आयोजकको हिसाबले अनेरास्ववियुको कुनै संलग्नता नरहेको जानकारी गराउन चाहन्छौं।’

उक्त घटनाको सत्य तथ्य छानबिन गरी संलग्न जो कोहि भए पनि कानूनबमोजिम कडा कारबाही अगाडि बढाउन अनेरास्ववियु माग गरेको छ।

प्रकाशित: Nov 22, 2023| 15:35 बुधबार, मंसिर ६, २०८०
प्रतिक्रिया दिनुहोस्