शनिबार, पुस ५, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बालेनको आग्रह- राष्ट्रिय स्वाधीनतामा आँच आउने फिल्ममा रोक लगाइयोस्

बालेनको आग्रह- राष्ट्रिय स्वाधीनतामा आँच आउने फिल्ममा रोक लगाइयोस्

 |  बुधबार, मंसिर ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ६, २०८०

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेपालको मौलिकता, धर्म, संस्कृति, स्वाधीनता र स्वाभिमानमा आँच आउने संवाद र दृश्य प्रसारणमा रोक लगाउनेसहितका चार बुँदे सुझावसहित फिल्म सेन्सर बोर्डलाई पत्र लेखेका छन्।

National life

केन्द्रीय चलचित्र जाँच समितिका अध्यक्षलाई पठाइएको पत्रमा पञ्चशील सिद्धान्त, शान्ति प्रवर्द्धन, एक राष्ट्रले अर्को राष्ट्रको बारेमा नराम्रो चलचित्र बनाएको प्रसारणमा रोक लगाउन पनि आग्रह गरिएको छ।

कुनै पनि जातजाति, वर्ण, समुदाय, लिंग तथा शारीरिक, मानसिक रुपमा फरक क्षमता भएका व्यक्तिको स्वाभिमानमा आँच आउने दृश्य तथा संवाद (हेट स्पिच)मा रोक लगाउने समेत उनले माग राखेका छन् ।

यी विषयवस्तुलाई प्राथमिकतामा राख्न समेत उनको आग्रह छ । सेन्सर बोर्डले चलचित्र जाँच समितिको कार्यविधि २०७४ कार्यान्वयनमा ल्याएको सन्दर्भमा मेयर शाहले पत्र लेखेका हुन् ।

कार्यविधिअनुसार प्रतिबन्धित चलचित्रका दृश्य तथा संवादसहितको चलचित्र प्रदर्शनमा आएको खण्डमा महानगरपालिकाले प्रचलित कानुन बमोजिम आवश्यक कदम चाल्ने चेतावनी पनि उनले दिएका छन्। चलचित्र जाँच समितिको कार्यविधि-२०७४ कार्यान्वयनमा ल्याई चलचित्र जाँचसम्बन्धी कार्यलाई एकरुपता दिएर जवाफदेही बनाउने काम भएको भन्दै उनले प्रशंसा समेत गरेका छन्।

Laxmi sunrise bank
kumari

उक्त कार्यविधिमा मित्रराष्ट्रको सम्बन्धमा असर पर्नेलगायतका फिल्म बनाउन नपाइने व्यवस्था सरकारले समावेश गरेको छ।

प्रकाशित: Nov 22, 2023| 15:21 बुधबार, मंसिर ६, २०८०
प्रतिक्रिया दिनुहोस्