शुक्रबार, पुस ४, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • आन्दोलन सफल नभई झापा फर्किन्नँ, कि मर्छु कि जेल जान्छु: प्रसाईं

आन्दोलन सफल नभई झापा फर्किन्नँ, कि मर्छु कि जेल जान्छु: प्रसाईं

 |  बुधबार, मंसिर ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ६, २०८०

काठमाडौं- मेडिकल व्यवसायी तथा गणतन्त्र विरोधी अभियन्ता दुर्गा प्रसाईंले कि जेल जाने कि मर्ने कसम खाएर आफू काठमाडौं आएको बताएका छन्। भोलि बिहीबार काठमाडौंमा हुने प्रदर्शनअघि आज आयोजित पत्रकार सम्मेलनमा उनले आन्दोलन सफल नभएसम्म घर (झापा) नफर्किने बताए।

National life

ओलीको कम्युनिस्ट सिद्धान्त असफल भएको उनको जिकिर छ। उनले भने, 'ओलीको कम्युनिस्ट सिद्धान्त गएको छ, अब कसरी मुख देखाउनुहुन्छ? हजुरबुवा झापा जाँदा कसरी मुख देखाउनु हुन्छ? अब ओलीले झापा र महेश बस्नेतले भक्तपुर प्रवेश गर्न दुर्गा प्रसाईंसँग अनुमति लिनुपर्छ।’

युवा संघका कार्यकर्ताले महिला बसेको ठाउँमा हातपात गर्न खोजेको उनले आरोप लगाए। उनले महिलामाथि अत्याचार गर्दासमेत महिला अधिकारकर्मी र राज्य प्रसाशन मौन भएकोमा आपत्ति जनाए। ओली र बस्नेतलाई चेतावनी दिँदै उनले मित्रवत् व्यवहार गर्दा राम्रो हुने तर दुस्मनी गर्दा ठूलो मूल्य चुकाउनुपर्ने बताए।

‘हाम्रो अभियान दबाउन धेरै लगानी गरेका छन्। हामीसँग पैसा नभए पनि धेरै मानिस छन्। कि जेल जान्छु कि मर्छु भनेर काठमाडौं आएको हुँ। आन्दोलन सफल नभएसम्म रोकिँदैन,’  उनले भने।

गणतन्त्रमा बोल्ने अधिकार सबैको भएको भन्दै एक्लो दुर्गा प्रसाईंसँग राज्य हल्लिएको टिप्पणी गरे। पृथ्वीनारायण शाहले बनाएको जग भत्काएकाले गणतन्त्र हल्लिएको उनले बताए।

Laxmi sunrise bank
kumari

प्रसाईंले आफूहरुलाई जिस्क्याए काठमाडौंका मानिसले भात खान नपाउने गरी नाका ठप्प पारिदिने चेतावनी दिए। आफ्ना समर्थकहरुको हुटिङ र होहल्लाका बीच प्रसाईंले भने,‘भोलिदेखि विद्रोहको बिरुवा रोपिन्छ। साम्यवाद कस्तो हुन्छ भन्ने म देखाइदिन्छु।’

प्रकाशित: Nov 22, 2023| 15:06 बुधबार, मंसिर ६, २०८०
प्रतिक्रिया दिनुहोस्