शुक्रबार, पुस ४, २०८२

'अत्यावश्यक काम भएमात्र बिहीबार सवारीसाधन निकाल्नु'

 |  बुधबार, मंसिर ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ६, २०८०

भोलि बिहीबार काठमाडौं केन्द्रित प्रदर्शन हुन लागेपछि उपत्यका ट्राफिक प्रहरीले सवारी व्यवस्थापनमा कठिनाइ हुने भन्दै अत्यावश्यक काम भएमात्र घरबाट बाहिर निस्कन भनेको छ।

National life

आज एक सूचना जारी गर्दै प्रहरीले भोलि विभिन्न समूहले प्रदर्शन गर्ने भएकाले ट्राफिक व्यवस्थामा समस्या हुने भन्दै ट्र्राफिक प्रहरीलाई १०० वा १०३ नम्बरमा फोन गरी वा ट्राफिक एफएम ९५.५ मेगाहर्ज सुनी आफू जाने रुटको अवस्थाबारे जानकारी लिनसमेत आग्रह गरेको छ।

'तपाईंको सुरक्षा तथा ट्राफिक व्यवस्थापन गर्ने क्रममा ट्राफिक प्रहरीले सवारी साधन जुनसुकै ठाउँबाट पनि डाइभर्सन गर्न सक्ने हुँदा ट्राफिक प्रहरीलाई आवश्यक सहयोग गर्नहुन विनम्र अनुरोध गर्दछौं,' प्रहरीले भनेको छ।

भोलि एमालेको भ्रातृ संस्था युवा संघ र दुर्गा प्रसाईंले प्रर्दशन गर्दैछन्। एमालेलाई प्रदर्शनका लागि तीनकुने क्षेत्र तोकिएको छ भने प्रसाईं समूहलाई बल्खु क्षेत्र तोकिएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 22, 2023| 14:24 बुधबार, मंसिर ६, २०८०
प्रतिक्रिया दिनुहोस्