शुक्रबार, पुस ४, २०८२

गाउँघरमै भेटिएका दुई 'हत्यारा'लाई समातेर जेल पठाइयो

 |  बुधबार, मंसिर ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ६, २०८०

हत्या भएको १६ वर्षपछि प्रहरीले घटनामा संलग्न दुई जनालाई पक्राउ गरेको छ। हत्या गरेर शवलाई जंगलमा गाडेको घटनामा संलग्न मिक्लाजुङ गाउँपालिका–१ का ७० वर्षीय देवीप्रसाद राई र ५० वर्षीय धनकुमार राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

National life

देवीप्रसाद मंगलबार र धनकुमार गत शनिबार पक्राउ परेका हुन्। जनालाई गाउँघरमै बसेको अवस्थामा पक्राउ गरिएको हो।

मिक्लाजुङ–१ (साविकको रमितेखोला गाविस–४) का ३५ वर्षीय सन्तोष राईको २०६४ जेठ २० गते राति हत्या भएको थियो। सन्तोषको हत्यापछि जंगलमा लगेर शव गाडिएको थियो। सो घटनामा संलग्न दुवैलाई  जिल्ला अदालत मोरङले  २०६७ सालमा दोषी ठहर गर्दै जनही ५ वर्ष कैद सजाय हुने फैसला गरेको थियो।

फरार रहेका देवीप्रसाद र धनकुमारलाई पक्राउ गरेर मंगलबार अदालतमा पेस गरिएकोमा अदालतले कैद सजाय भुक्तानका लागि कारागार चलान गरेको छ।

प्रकाशित: Nov 22, 2023| 13:13 बुधबार, मंसिर ६, २०८०
प्रतिक्रिया दिनुहोस्