शुक्रबार, पुस ४, २०८२

भारतले दिएका मुर्रा आज नेपाल आइपुग्दै

 |  बुधबार, मंसिर ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ६, २०८०

काठमाडौं- भारत सरकारले उपहारस्वरूप दिएका १५ मुर्रा राँगा आज नेपाल भित्र्याइँदै छ। नेपालगन्जको जमुनाहा नाका हुँदै साँझसम्ममा मुर्रा नेपाल भित्र्याउन लागिएको पशु सेवा विभागले जनाएको छ।

National life

१५ मध्ये तीन नेपालगन्जमा, पाँच लहानमा र सातवटा पोखरास्थत भैंसी प्रजनन् केन्द्रमा राखिनेछ। आयातित मुर्रा राख्न प्रजनन् केन्द्रहरूमा ‘आइसोलेसन सेड’ तयार पारिएको छ।

भारतबाट ल्याइएका मुर्रालाई कृत्रिम गर्भाधानका निम्ति प्रयोग गरिनेछ। प्रजनन् केन्द्रबाट मुर्राको वीर्य उत्पादन र वितरण गरी विभिन्न सरकारी कृषि फार्महरूमा पुर्‍याइनेछ। यसबाट नेपाली भैंसीको नश्ल सुधार र दूधको उत्पादकत्वमा बढावा हुने विभागको अपेक्षा छ।

सरकारले ०७३ सालदेखि भारतसँग खरिद नै गरेर ल्याउने गरी मुर्रा राँगा माग गरिरहेको थियो। तर, भारतको रैथाने अनुवांशिक वस्तु अन्यत्र लैजान कडा नीति भएका कारण सात वर्षसम्म यो प्रयास सफल भएको थिएन। गएको जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा नेपाललाई १५ मुर्रा जातका राँगा दिने सम्झौता गरिएको थियो।

प्रकाशित: Nov 22, 2023| 12:36 बुधबार, मंसिर ६, २०८०
प्रतिक्रिया दिनुहोस्