शनिबार, साउन ३, २०८२

राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

 |  बुधबार, मंसिर ६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ६, २०८०

vianetvianet

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री प्रचण्ड बुधबार बिहान शीतलनिवास पुगेका हुन्।

भेटमा राष्ट्रपति पौडेलले भूकम्प प्रभावित जिल्लामा राहत तथा पुनर्स्थापनाको कामलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएको बताइएको छ।

भेटमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच मुलुकको समसामयिक विषयमा पनि छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रकाशित: Nov 22, 2023| 11:58 बुधबार, मंसिर ६, २०८०
प्रतिक्रिया दिनुहोस्