सोमबार, वैशाख १४, २०८३

बालुवाटार र शीतलनिवास क्षेत्रमा पनि निषेधाज्ञा

 |  मंगलबार, मंसिर ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ५, २०८०

राष्ट्रपति कार्यालय शीतलनिवास र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पनि निषेधाज्ञा जारी भएको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले मंगलबार (मंसिर ५) देखि एक महिनासम्मका लागि निषेधाज्ञा जारी गरेको हो। 

National life

शीतलनिवासमा चारैतिरबाट सुरक्षा सतर्कता बढाउँदै प्रशासनले निषेधाज्ञा जारी गरेको हो। पूर्व पवित्र वर्कशपबाट शीतल निवाससम्म, पश्चिम सामाखुसी निस्कने नालासम्म, उत्तर राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानको दक्षिण पूर्वी गेटसम्म र दक्षिण प्रहरी अस्पताल जाने मोडसम्म निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

त्यस्तै, प्रधानमन्त्री निवास बालुवाटारमा पवित्र वर्कशपबाट बालुवाटारतर्फ नेपाल राष्ट्र बैंकको चोकसम्म र सभामुख निवासदेखि गैह्रीधारा जाने बाटोको पश्चिम दक्षिण सय मिटरसम्म निषेधाज्ञा जारी भएको हो। 

सो क्षेत्रमा ५ जनाभन्दा बढी मान्छे भेला भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभा जस्ता आन्दोलन र विरोधका कार्यक्रम गर्न समेत निषेध गरिएको प्रशासनले जनाएको छ।  

काठमाडौंको माइतीघर-बानेश्वर क्षेत्र र ललितपुरमा समेत निषेधाज्ञा जारी भइसकेको छ। 

kumari

 

प्रकाशित: Nov 21, 2023| 22:04 मंगलबार, मंसिर ५, २०८०
प्रतिक्रिया दिनुहोस्