सोमबार, वैशाख १४, २०८३

६ उच्च अदालतका मुख्य न्यायाधीश नियुक्तिका लागि सिफारिस

 |  मंगलबार, मंसिर ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ५, २०८०

National life
kumari

काठमाडौं- न्यायपरिषदले लामो समयदेखि रिक्त रहेका उच्च अदालतको मुख्य न्यायाधीशमा ६ जनालाई नियुक्तिका लागि सिफारिस गरेको गरेको छ।

मंगलबार बसेको परिषद बैठकले उच्च अदालत सुर्खेतमा लोहितचन्द्र शाह, पोखरामा माधव पोखरेल, विराटनगरमा रमेशप्रसाद राजभण्डारी, जनकपुरमा श्रीकान्त पौडेल, तुलसीपुरमा नित्यानन्द पाण्डे र दिपायलमा शान्ति सिंह थापालाई मुख्य न्यायाधीशमा सिफारिस गरेको हो।

उच्च अदालत पाटनको मुख्य न्यायाधीशमा दिपायलका मुख्य न्यायाधीश नृपध्वज निरौलालाई सरूवा गरिएको छ। परिषदले उनीबाहेक अन्य १३ न्यायाधीशको पनि सरूवा गरेको जनाएको छ।

प्रकाशित: Nov 21, 2023| 17:50 मंगलबार, मंसिर ५, २०८०
प्रतिक्रिया दिनुहोस्