शुक्रबार, पुस ४, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • टिकटकविरुद्धको मुद्दामा भएन अन्तरिम आदेश, पूर्ण सुनुवाई मंसिर १९ गते 

टिकटकविरुद्धको मुद्दामा भएन अन्तरिम आदेश, पूर्ण सुनुवाई मंसिर १९ गते 

 |  मंगलबार, मंसिर ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ५, २०८०

काठमाडौं- सरकारको सामाजिक सञ्‍जाल प्लेटफर्म टिकटिक बन्द गर्ने निर्णयविरुद्ध परेका रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश नहुने जनाएको छ।

National life

न्यायाधीश विनोद शर्माको एकल इजलासले टिकटक बन्द गर्ने सरकारको निर्णयविरूद्ध परेका १० वटै रिटमा अन्तरिम आदेश जारी नहुने भनेको सर्वोच्चको वेबसाइटमा उल्लेख छ। 

इजलासले उक्त मुद्दाको पूर्ण सुनुवाइका लागि मंसिर १९ गतेलाई पेशी तोक्न पनि आदेश दिएको सर्वोच्चका सहायक प्रवक्ता गोविन्द घिमिरेले जानकारी दिए। यी रिटमा १५ दिनभित्र लिखित जवाफ पेश गर्न विपक्षीहरूलाई आदेश दिएको छ। 

गत कात्तिक २७ गते मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

सरकारको यो निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको थियो। सामाजिक सदभाव बिग्रिन थालेको भन्दै सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको थियो।

Laxmi sunrise bank
kumari

सरकारको यो निर्णय बदरको माग गर्दै अधिवक्ता दिनेश त्रिपाठी, त्रिलोकबहादुर चन्द, प्रेमराज सिलवाल, सुनिलरञ्जन सिंह, भद्रप्रसाद नेपाल 'स्वागत', अञ्जन धिताल, रामकृष्ण बञ्जारा, यज्ञमणि न्यौपाने, फर्सुराम पाण्डेलगायतले सर्वोच्चमा रिट दिएका थिए।

प्रकाशित: Nov 21, 2023| 17:43 मंगलबार, मंसिर ५, २०८०
प्रतिक्रिया दिनुहोस्