शुक्रबार, पुस ४, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • ललितपुरले पनि तोक्यो निषेधित क्षेत्र, पाँच जनाभन्दा बढी भेला हुन नपाइने

ललितपुरले पनि तोक्यो निषेधित क्षेत्र, पाँच जनाभन्दा बढी भेला हुन नपाइने

 |  मंगलबार, मंसिर ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ५, २०८०

जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि निषेधित क्षेत्र तोकेको छ। प्रमुख जिल्ला अधिकारी रूद्रप्रसाद पण्डितले मंगलबार आदेश जारी गर्दै पुल्चोकस्थित मन्त्री निवास र युएन हाउस क्षेत्रको सुरक्षा संवेदनशीलताका लागि भन्दै निषेधित क्षेत्र तोकेका हुन्।

National life

‘मंसिर ५ गतेदेखि आगामी ६ महिनासम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला भई नाराजुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेश जारी गरिएको छ,’ प्रजिअ पण्डितले जारी गरेको आदेशमा भनिएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार आदेश जारी गर्दै माइतीघर-नयाँ बानेश्वर क्षेत्र एक महिनाका लागि निषेधित क्षेत्र तोकेको थियो। यो आदेशविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ र पेशी बुधबारलाई तोकिएको छ।

सात मंसिरमा दुर्गा प्रसाईं र एमालेको युवा संघले आयोजना गरेको प्रदर्शनलाई मध्यनजर गरेर निषेधित क्षेत्र घोषणा गरिएको हो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 21, 2023| 16:55 मंगलबार, मंसिर ५, २०८०
प्रतिक्रिया दिनुहोस्