शुक्रबार, पुस ४, २०८२

सर्वोच्चको न्यायाधीशमा ६ जना सिफारिस

 |  मंगलबार, मंसिर ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ५, २०८०

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- न्यायपरिषदले ६ जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ। मंगलबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको परिषदको बैठकले ४ जना उच्च अदालतका न्यायाधीश र २  जना कानुन व्यवसायीलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको हो।

कानुन व्यवसायीबाट बालकृष्ण ढकाल र सुनिल पोखरेलको नाम सिफारिस भएको छ भने उच्च अदालतका न्यायाधीशबाट सारंगा सुवेदी, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना र अब्दुल अजिद मुसलमान सिफारिस भएका छन्। रिक्त एक पदमा भने अझै सिफारिस भएको छैन।

प्रस्तावित नाम संसदीय सुनुवाइ विशेष समितिबाट अनुमोदन भएपछि उनीहरुको नियुक्ति हुनेछ। सर्वोच्च अदालतमा कार्यरत न्यायाधीशहरु उमेर हदका कारण अवकाश भइरहने तर नयाँ सिफारिस हुन नसक्दा साढे दुई वर्षदेखि सर्वोच्च अदालतमा न्यायाधीशहरु रिक्त हुँदै आएको थियो। अहिले सर्वोच्च अदालतमा २१ मध्ये ७ जना न्यायाधीश छैनन्।

प्रकाशित: Nov 21, 2023| 16:38 मंगलबार, मंसिर ५, २०८०
प्रतिक्रिया दिनुहोस्