शुक्रबार, साउन २, २०८२

'भीपीएनबाट टिकटक चलाउँदा खाताको पैसा गुम्न सक्छ'

 |  मंगलबार, मंसिर ५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ५, २०८०

vianetvianet

नेपाल प्रहरीको साइबर व्युरोले भीपीएन र डीएनएसको प्रयोगले आर्थिक दुरुपयोगका घटना बढेको बताएको छ। मंगलबार विज्ञप्ति जारी गर्दै व्युरोले भीपीएन र डीएनएस प्रयोग गरी टिकटक नचलाउन अनुरोध गरेको छ।

असुरक्षित माध्यमबाट टिकटक चलाउँदा प्रयोगकर्ताको डिभाइसमा रहेका महत्वपूर्ण डेटा चोरी भइरहेको समेत व्युरोले जननाएको छ। 'भीपीएन र डीएनएसको प्रयोगले प्रयोगकर्ताको डिभाइसमा रहेका महत्वपूर्ण डाटा, ब्यक्तिगत विवरण, बैंकिङ विवरणहरूको समेत पहुँच पुर्‍याई चोरी भई आर्थिक दुरुपयोगका घटना साइबर सुरक्षाको दृष्टिकोणले समेत बढिरहेको पाइएको छ,' व्युरोले भनेको छ, 'प्रविधिको दुरुपयोग गरी प्रयोग नगर्न नगराउनू हुन सबैमा नेपाल प्रहरी साइबर ब्यूरो अनुरोध गर्दछ।'

नेपालमा टिकटक प्रयोगमा निषेध गरेको भन्दै व्युरोले सरकार निर्णय पालना गर्न आग्रह गरेको छ।  विद्युतीय स्वरुपमा गैरकानुनी कुरा सम्प्रेषण गर्ने, सम्प्रेषण गरिएका गलत सामाग्रीले व्यक्ति तथा समाजलाई नकारात्मक प्रभाव पार्नुका साथै व्यक्तिको चरित्रहत्या गर्ने, सार्वजनिक नैतिकता, जातीय, भाषिक, धार्मिक सद्भाव खलबल्याउने र राष्ट्रिय एकता तथा राष्ट्रहितमा प्रतिकूल असर पार्ने लगायतका दुष्प्रभाव सिर्जना गर्ने गतिविधि समेत टिकटकको माध्यमबाट हुने गरेको पाइएको व्युरोको भनाइ छ।

 

प्रकाशित: Nov 21, 2023| 16:33 मंगलबार, मंसिर ५, २०८०
प्रतिक्रिया दिनुहोस्