शुक्रबार, पुस ४, २०८२

दुर्गा प्रसाईंविरुद्ध प्रहरीमा जाहेरी

 |  मंगलबार, मंसिर ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ५, २०८०

मेडिकल व्यवसायी तथा गणतन्त्रविरोधी अभियन्ता दुर्गा प्रसाईंविरुद्ध धनुषा प्रहरीमा जाहेरी दर्ता भएको छ। जनकपुरधामस्थित एक कार्यक्रममा पुरानो राष्ट्रिय गान बजाएको आरोपमा उनीमाथि उजुरी परेको हो।

National life

प्रसाईंले राष्ट्रिय गानको अपमान गरेर अपराध गरेको भन्दै युवा संघ नेपाल धनुषा अध्यक्ष रोषणकुमार यादवले जाहेरी दिएका हुन्।

‘हिन्दू सम्राट सेना धनुषा’ले कात्तिक २८ मा आयोजना गरेको कार्यक्रममा दुर्गा प्रसाईं प्रमुख अतिथि थिए। उक्त कार्यक्रममा प्रसाईंको निर्देशनअनुसार पुरानो राष्ट्रिय गान ‘श्रीमान गम्भीर नेपाली…’ बजाइएको थियो।

कुनै पनि व्यक्तिलाई संविधान तथा कानुन प्रतिकूल हुने काम गर्न छुट नदिएको भन्दै प्रसाईंलाई हदैसम्म कैद तथा जरिबाना गर्न माग गरिएको छ। उजुरीमा भनिएको छ, ‘मुलुकी अपराध संहिता २०७४ को दफा १५३ सम्बन्धी कसुर गरेको हुनाले निज विपक्षीलाई खोजतलाश गरी ऐ.ऐ. को दफा (२) को (१) बमोजिम हदैसम्म कैद तथा जरिबाना गरी पाउँ।’

प्रकाशित: Nov 21, 2023| 16:29 मंगलबार, मंसिर ५, २०८०
प्रतिक्रिया दिनुहोस्