शुक्रबार, पुस ४, २०८२

वैदेशिक रोजगार सन्तति छात्रवृत्तिका लागि आवेदन आह्वान

 |  मंगलबार, मंसिर ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ५, २०८०

काठमाडौं- वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगार सन्तति छात्रवृत्तिका लागि आवेदन आह्वान गरेको छ।

National life

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गइ करार अवधिभित्र मृत्यु भएका वा पूर्णरुपमा अशक्त वा गम्भीर बिरामी भएका कामदारको छोराछोरीका लागि छात्रवृत्ति प्रदान गर्न बोर्डले आवेदन आह्वान गरेको हो।

वैदेशिक रोजगार छात्रवृत्ति सञ्चालन कार्यविधि, २०८० को अनुसूची १ बमोजिम आगामी पुस ८ गतेभित्र निवेदन दिन आह्वान गरिएको बोर्डका सूचना अधिकारी तथा निर्देशक टीकाराम ढकालले जानकारी दिए।

सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यालयस्तर (पूर्व प्राथमिक कक्षा वा नर्सरी वा सो सरहदेखि कक्षा १२ सम्म) का १८ वर्षमुनिका बालबालिकाले निवेदन दिन पाउने बोर्डको सचिवालयद्वारा प्रकाशित सूचनामा उल्लेख छ।

श्रम स्वीकृति लिइ वैदेशिक रोजगारमा गई मृत्यु वा अंगभंग वा बिरामी भइ वैदेशिक रोजगार बोर्डबाट शतप्रतिशत आर्थिक सहायता लिएका कामदारका छोराछोरीले निवेदन दिन पाउने सूचना अधिकारी तथा निर्देशक ढकालले बताए।

Laxmi sunrise bank
kumari

'वार्षिक रुपमा आधारभूत तहका लागि १२ हजार रूपैयाँ र माध्यमिक तहका लागि १६ हजार रूपैयाँ छात्रवृत्ति पाइनेछ', उनले भने, 'एकजना विद्यार्थीलाई एउटा कक्षामा एक पटकका लागि मात्रै वार्षिक रुपमा एकमुष्ट छात्रवृत्ति उपलब्ध गराइने छ।' रासस

प्रकाशित: Nov 21, 2023| 15:37 मंगलबार, मंसिर ५, २०८०
प्रतिक्रिया दिनुहोस्