शुक्रबार, पुस ४, २०८२

पूर्वएआईजी नै हनी ट्रयापमा परेपछि...

 |  मंगलबार, मंसिर ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ५, २०८०

National life
Laxmi sunrise bank
kumari

नेपाल प्रहरीका पूर्वएआईजी रणबहादुर चन्दले आफू ‘हनी ट्र्यापिङ’ मा परेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस सेयर गर्दै उनले हनी ट्र्यापरको नामसमेत सार्वजनिक गर्ने बताएका छन्।

आज बिहान १०:२ मा उनले लेखेका छन्, ‘मेरो जीवनमा धोका दिने एक जना, नाम सार्वजनिक गर्दै छु।’ त्यसपछि २:१३ मा अर्को स्टाटस लेख्दै चन्दले लेखेका छन्, ‘त्यो हनी ट्र्यापर हो। एक घण्टामा नाम सार्वजनिक गर्दैछु।’

केही दिनअघि उनले आफूलाई सामाजिक अभियन्ता बताउने तारा बरालसँग विवाह गर्ने सहमति गरेका थिए। सामाजिक सञ्जालमा उक्त सहमति कागज भाइरल बनेपछि उनले आफूले नशाको तालमा उक्त सहमतिमा हस्ताक्षर गरेको बताएका थिए। चन्द डिभोर्सी हुन् भने बराल एकल महिला।

प्रकाशित: Nov 21, 2023| 15:07 मंगलबार, मंसिर ५, २०८०
प्रतिक्रिया दिनुहोस्