शुक्रबार, पुस ४, २०८२

भारत हारेपछि असहज महसुस गरेका यादवको हृदयाघातबाट मृत्यु

 |  मंगलबार, मंसिर ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ५, २०८०

आईसीसी एकदिवसीय विश्वकपको फाइनलमा भारतीय टोली बलियो प्रतिद्वन्द्वी अस्ट्रेलियासँग पराजित भएपछि एक भारतीय समर्थकको हृदयाघातका कारण निधन भएको छ। अस्ट्रेलियाले भारतलाई हराएपछि हृदयाघात भएका कारण आन्ध्र प्रदेशको तिरुपति जिल्लामा एक समर्थकको निधन भएको इन्डिया टाइम्सले जनाएको छ।

National life

३२ वर्षीय ज्योतिस कुमार यादवको हृदयाघातका कारण निधन भएको हो। उनी पेसाले कम्प्युटर इन्जिनियर थिए। उनले सुरुदेखि आफ्नो घरमा बसेर विश्वकपको फाइनल खेल हेरिरहेका थिए। खेलमा भारतीय टोली पराजित भएपछि उनले असहज महसुस गरेका थिए। हारसँगै भारतीय टोलीका कप्तान रोहित शर्माले आँसु खसालेको देखेपछि यादवलाई हृदयाघात भएको बताइएको छ।

यादवको परिवारका सदस्यले बताएअनुसार टेलिभिजनमा रोहित शर्मा रोएको देखेपछि उनलाई हृदयाघात भएको थियो। उनलाई तत्कालै तिरुपतिस्थित अस्पताल पुर्‍याइएको थियो। तर, चिकित्सकहरूले अस्पताल पुर्‍याइनुअघि नै उनको मृत्यु भइसकेको जानकारी गराएका थिए।

यादव केही समय अघिमात्र वैवाहिक बन्धनमा बाँधिएको पनि परिवारका सदस्यले जनाएका छन्। तिरुपति ग्रामीण विकास समितिका अध्यक्ष मोहिथ रेड्डीले सोमबार यादवको घर पुगेर उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेको पनि समाचारमा जनाइएको छ।

अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा आइतबार राति खेलिएको फाइनलमा भारतलाई ६ विकेटले हराउँदै अस्ट्रेलियाले कीर्तिमानी रूपमा छैटौंपटक एकदिवसीय विश्वकपको उपाधि चुमेको थियो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 21, 2023| 13:47 मंगलबार, मंसिर ५, २०८०
प्रतिक्रिया दिनुहोस्