सिन्धुली, कमलामाई नगरपालिका-८ बाघमारास्थित सडकमा बा.४ ख ५९४८ नम्बरको बस र ज. ११ प ९१७२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक महोत्तरी बर्दिबास नगरपालिका-२ बस्ने ४३ वर्षीय श्याम चौधरीको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको सिटी केयर अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई सोही अस्पताल हुँदै काब्या अस्पताल जनकपुर रिफर गरिएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैगरी सिन्धुली, दुधौली नगरपालिका-७ सिमराईस्थित सडकमा प्र.१-०२-००१ ख ९६१० नम्बरको हाईसको ठक्करबाट साईकलयात्री सोही नगरपालिका-७ बस्ने ५९ वर्षीय गंगा बहादुर विकको सोमबार साँझ मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। हाईस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कैलाली, गोदावरी नगरपालिका-४ बुढितोलामा से.१ ख १४३८ नम्बरको मिनिट्रक अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा ट्रकमा सवार हाल नाम, थर, वतन नखुलेकी ३६ वर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको छ। साथै दुर्घटनामा घाइते भएका ट्रकमा सवार १६ जनामध्ये ७ जनाको निसर्ग अस्पताल धनगढी र ९ जनाको पदमा अस्पताल अत्तीरीमा उपचार भइरहेको छ। हाल फरार मिनिट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ।
नवलपरासी पूर्व, गैंडाकोट नगरपालिका-१२ उन्नति भिलेजस्थित सडकमा प्रदेश २- ०३-००१ ख ६२८४ नम्बरको टेलरमा बागमती प्रदेश ०३-००४ प ७१६५ नम्बरको मोटरसाइकल ठोक्किएर सोमबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक नवलपरासी गैंडाकोट नगरपालिका-१४ अमरापुरी बस्ने ३० वर्षीय राजु क्षेत्रीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। टेलर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैगरी नवलपरासी पूर्व, कावासोती नगरपालिका-१६ पत्थर खोलास्थित सडकमा लु.३ च १०२४ नम्बरको कार र लु.२ ख ५८०५ नम्बरको ट्रक एकआपसमा ठक्कर खाई मंगलबार बिहान दुर्घटना हुँदा कार चालक हाल वतन नखुलेका ४५ वर्षीय हरिसुन्दर श्रेष्ठको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका कारमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
धनुषा, क्षिरेश्वरनाथ नगरपालिका-१ रमदैयामा प्र.२-०२-००१ प ४४६७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार साँझ दुर्घटना हुँदा चालक लक्ष्मिनिया गाउँपालिका- ४ सपही बस्ने २६ वर्षीय रंजित यादवको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जानकी मेडिकल कलेज रमदैयामा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।
ललितपुर, महालक्ष्मी नगरपालिका-४ लुभुमा बा.प्र.०२-०३३ प १७८२ नम्बरको स्कुटर अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-६ सानागाउँ बस्ने दोलखा तामाकोसी गाउँपालिका-१ भिरकोट घर भएका १९ वर्षीय आषिश कार्कीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको किष्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। १ जनाको उपचार भइरहेको छ। सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
मृत फेला
धनकुटा, चौबिसे गाउँपालिका-७ सिमडाँडा बस्ने ४९ वर्षीय भीम बहादुर लिम्बु सोही ठाउँस्थित सल्लेरी सामुदायिक बनभित्र खोल्सीमा सोमबार मृत अवस्थामा फेला परेका छन्।
सल्यान, शारदा नगरपालिका-१ छापडाँडास्थित भुवनेश्वरी सामुदायिक वनमा छत्रेश्वर गाउँपालिका-७ वेताती बस्ने ५८ वर्षीया हरि कुमारी खड्का सोमबार मृत अवस्थामा फेला परेकी छिन्।
दाङ, तुलसीपुर उपमहानगरपालिका-१६ डोक्रेना घर भई सोही उपमहानगरपालिका-६ गाईडर डेरा गरी बस्ने ३४ वर्षीय पुर्ण बहादुर बस्नेत र उनकै भाइ ३० वर्षीय टेक बहादुर बस्नेत आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन्।
सिन्धुपाल्चोक, ईन्द्रावती गाउँपालिका-१२ ढोटार बस्ने २४ वर्षीय सेतीराम माझी सोही ठाउँस्थित ईन्द्रावती खोलामा सोमबार मृत अवस्थामा फेला परेका छन्। सवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।