शुक्रबार, साउन २, २०८२

विश्वका १०० प्रभावशाली महिलाको सूचीमा परिन् नेपालकी रुक्साना

 |  मंगलबार, मंसिर ५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ५, २०८०

vianetvianet

बीबीसीले विश्वभरका १०० प्रभावशाली, प्रतिभाशाली र प्रेरक महिलाको सूची सार्वजनिक गरेको छ। यो सूचीमा नेपालकी रुक्साना कपाली पनि परेकी छन्। बीबीसी सूचीमा पर्ने उनी एकमात्र नेपाली हुन्।

यो सूचीमा हलिउड अभिनेतृ अमेरिका फरेरा, अमेरिकाकी पूर्व फर्स्ट लेडी मिशेल ओबामा, पेरुकी पत्रका। कैरोलाइना डाइज, रुसी कवयित्री दारिया सेरेन्को, बलिउड अभिनेतृ दिया मिर्जालगायत छन्।

रुक्साना नेवार जातीय समूहकी सदस्य  तथा ट्रान्सजेन्डर मानव अधिकार कार्यकर्ता हुन्। आफ्नो लैंगिक पहिचानबारे थाहा नपाएकी रुक्सानाले जेन्डर तथा सेक्सुआलिटीको विविधताका बारेमा आफैं अध्ययन गरिन्।

किशोर उमेरदेखि नै उनले समलैंगिक अधिकारका बारेमा सोसल मिडियामा आवाज उठाउँदै आएकी छिन्।

रुक्साना अहिले कानुन पढिरहेकी छन्। साथै उनी एलजीबीटीक्यू समुदायको कानुनी तथा संवैधानिक अधिकारका काममा पनि जोडिएकी छिन्।

यस वर्ष जलवायु अभियन्ता, संस्कृति तथा शिक्षा, मनोरञ्जन र खेलकुद, राजनीति र वकालत तथा विज्ञान, स्वास्थ्य र प्रविधि विधामार्फत प्रभावशाली १०० महिला छानिएको पनि बीबीसीले उल्लेख गरेको छ।

यस वर्षको सूचीमा जलवायु परिवर्तनसँग सम्बन्धित क्षेत्रमा लागिरहेका २८ जना महिला पनि रहेका छन्। संयुक्त राष्ट्र संघको जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप-२८ सुरु हुनुअघि यो सूची सार्वजनिक हुनुलाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ।

यसअघि बीबीसीले सन् २०२० मा प्रभावशाली महिलाको सूचीमा नेपालकी सपना रोका मगरलाई समावेश गरेको थियो। सपनाले बेवारिसे शवहरुको व्यवस्थापन गर्दै आएकी छिन्। म्याग्दीकी सपनाले अहिलेसम्म करिब ३ सयभन्दा बेवारिसे शवको व्यवस्थापन गरिसकेकी छिन्।

प्रकाशित: Nov 21, 2023| 11:44 मंगलबार, मंसिर ५, २०८०
प्रतिक्रिया दिनुहोस्